७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्ट्रेलियाका नयाँ प्रधानमन्त्रीद्वारा शपथग्रहण

अ+ अ-

क्यानबेरा । अस्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीले सोमबार शपथ लिएका छन् ।

गत शनिबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई पराजित गर्दै विजयी भएका लेबर पार्टीका नेता अल्बानीले अस्ट्रेलियाको ३१औँ प्रधानमन्त्रीका रुपमा शपथ लिएका हुन् ।

उनीसँगै केही मन्त्रीहरुलाई पनि शपथ खुवाइएको छ । उपप्रधान तथा रोजगार मन्त्रीको रुपमा रिचार्ड मार्लेस, विदेश मन्त्रीका रुपमा पेन्नी वाङ र अर्थमन्त्री तथा महिला मन्त्रीका रुपमा कटी जाल्लाघरलाई शपथ खुवाइएको हो ।

जापानको राजधानी टोकियोमा मङ्गलबार हुन लागेको ‘द क्युड’ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री र विदेशमन्त्री जानु पर्ने भएकाले हतार हतार शपथ ग्रहण कार्यक्रम गरेको जनाइएको छ ।

सम्मेलनमा अमेरिका, जापान र भारतका शीर्ष नेता र विदेश मन्त्रीसमेत सहभागी भएकाले अस्ट्रेलियाका विदेश मन्त्री जानु पर्ने भएको हो ।

उनी सोमबार नै शपथ ग्रहण लगत्तै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।प्रधानमन्त्री अल्बानी स्वदेश नफर्किदासम्म उपप्रधानमन्त्री मार्लेसले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

अस्ट्रेलियाको तल्लो सङ्घीय संसद्मा १५१ सिट रहेको छ । अस्ट्रेलियाको तल्लो सङ्घीय संसद्मा बहुमत पुर्‍याउनका लागि कम्तीमा ७६ सिट जित्नु पर्दछ । त्यो पुर्‍याएर लेबर पार्टीले नयाँ सरकार गठन गरेको हो ।

सत्तारुढ गठबन्धनको नेतृत्व गर्नु भएका निवर्तमान प्रधानमन्त्री स्कट मोरिसनले पराजय स्वीकार गर्दै तत्काल प्रधानमन्त्री र पार्टीको नेतृत्वबाट राजीनामा दिएका थिए ।

अस्ट्रेलियामा १८ वर्ष पुरा भएका हरेक नागरिकले अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था छ ।

निर्वाचन आयोगकाअनुसार यो वर्ष मतदाताको कुल सङ्ख्या एक करोड ७० लाखभन्दा बढी छ । मतदानका लागि देशभरी सात हजारभन्दा बढी मतदान केन्द्र तोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस