११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँका दशमध्ये पाँचमा काँग्रेस, चारमा एमाले, एकमा माओवादी

अ+ अ-

दमौली । स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँका दश वटै पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।

व्यास नगरपालिकाको मतगणना आइतबार राति सम्पन्न भएपछि जिल्लाका सबै पालिकाको नतिजा आएको हो ।

जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामध्ये नेपाली काँग्रेसले पाँच, नेकपा एमालेले चार र नेकपा माओवादी केन्द्रले एक पालिका जितेको छ ।

नेपाली काँग्रेसले व्यास नगरपालिकाको प्रमुख र उपप्रमुख, भानु नगरपालिकाको प्रमुख र उपप्रमुख, शुक्लागण्डकी नगरपालिकाको प्रमुख, ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, देवघाट गाउँपालिकाको अध्यक्ष जितेको छ ।

त्यस्तै काँग्रेसले बन्दीपुर गाउँपालिकाको उपाध्यक्ष, म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा विजय हासिल गरेको छ ।

नेकपा एमालेले घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, म्याग्दे गाउँपालिकाको अध्यक्ष, भीमाद नगरपालिकाको प्रमुख र उपप्रमुख, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा विजय हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्रले आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, शुक्लागण्डकी नगरपालिकाको उपप्रमुख, देवघाट गाउँपालिकाको उपाध्यक्षमा विजय हासिल गरेको छ ।

नेपाली काँग्रेसबाट व्यास नगरपालिकाको प्रमुखमा बैकुण्ठ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरै, भानु नगरपालिकाको प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे, शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा कृष्णराज पण्डित, ऋषिङ गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्षमा गिनुमाया थापा, देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा विजयी भएका छन् ।

बन्दीपुर गाउँपालिकाको उपाध्यक्षमा पञ्चमाया गुरुङ, म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा बालकृष्ण घिमिरे विजयी भएका छन् ।

नेकपा एमालेबाट घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राधादेवी अधिकारी, म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ, भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी, उपप्रमुखमा शारदा खनाल, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र थापा विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान, उपाध्यक्षमा दुर्गा अर्याल, शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा खुमबहादुर विक, देवघाट गाउँपालिकाको उपाध्यक्षमा भुवनसिं गुरुङ विजयी भएका छन् ।

जिल्लाका ८५ वडामध्ये नेपाली काँग्रेसले ४६, नेकपा (एमाले) ले २८ र नेकपा माओवादी केन्द्रले ७ वडा जितेको छ । स्वतन्त्रबाट चार जनाले वडाध्यक्षमा विजय हासिल गरेका छन् ।

निर्वाचनबाट जिल्लाका चार सय ४५ जनप्रतिनिधि निर्वाचित भएका छन् । प्रमुख/उपप्रमुख २०, वडाध्यक्ष ८५ र तीन सय ४० जना वडा सदस्य निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस