९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता लिन अनेरास्ववियुको माग

अ+ अ-

वीरगन्ज । पेट्रोलियम पदार्थमा बढेको मूल्य फिर्ता गर्न नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन वीरगन्जले माग गरेको छ ।

सरकार आयल निगम चुहावट नियन्त्रणलाई बेवास्ता गर्दै कर्मचारीलाई बोनस र भत्ता बाँड्न मस्त भएको अनेरास्ववियु वीरगन्ज महानगर समितिका अध्यक्ष आशिफ अहमदले आज (सोमबार) निकालेको प्रेस विज्ञप्तिमा आरोप लगाइएको छ ।

जनताको ढाड सेक्ने गरी बढाइएको मूल्य तत्काल फिर्ता लिन माग गर्दै अनेरास्ववियु वीरगन्ज महानगर समितिका अध्यक्ष अहमदले मूल्यवृद्धिविरुद्ध निर्णायक आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रहसमेत गरेका छन् ।

अध्यक्ष अहमदद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तह निर्वाचनको मसी सुक्न नपाउँदै जनता मारा सरकारले जनतालाई मूल्यवृद्धिको उपहार दिएको छ ।’

‘मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाई, सरकार विभिन्न कर लगाएर राजस्व उठाएर कमाउन व्यस्त छ, आयल निगम चुहावट नियन्त्रणलाई बेवास्ता गरी कर्मचारीलाई बोनस र भत्ता बाँड्न मस्त छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै देशैभर अब अत्यावश्यक वस्तु तथा सेवाको ढुवानी र लागत भाडा महँगिने निश्चित छ’, विज्ञप्तिमा उल्लेख छ ।

सरकार आफ्ना कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर नाफा निकाल्ने उद्देश्य राखी जनतालाई दुःख दिन गरिएको मूल्यवृद्धिको कदमप्रति अध्यक्ष अहमदले खेद प्रकट गरेका छन् ।

सम्बन्धित समाचार : फेरी बढ्यो पेट्रोल, ग्याससहित पेट्रोलियम पदार्थको भाउ

प्रतिक्रिया दिनुहोस