काठमाडौँ । राप्रपाले पेट्रोलियम पदार्थ लगायतमा सरकारले गरेको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ।
आज (सोमबार) अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भएको मूल्यवृद्धि अव्यवहारिक तथा आपत्तिजनक भएको उल्लेख गरेका छन् ।
उनले मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
पेट्रोलियम पदार्थमा राज्यले भन्सार र विभिन्न शीर्षकमा लिइरहेको करसमेत पुनर्विचार गर्दै मूल्यवृद्धि नियन्त्रण गर्न पनि उनले माग गरेका छन् ।
वैकल्पिक ऊर्जाको आवश्यक कार्ययोजना ल्याउन पनि राप्रपाले माग गरेको छ।
सरकारले आइतबार पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको थियो ।
