१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आँखाको उपचार नहुँदा पढ्नबाट वञ्चित

अ+ अ-

डोटी । उपचारका लागि आर्थिक अभाव भएका कारण डोटीको आदर्श गाउँपालिका–६ गिरी चौकका १४ वर्षीय पुरन अधिकारी घरैमा थन्किएर बस्न बाध्य भएका छन् ।

पढ्ने इच्छा भएका अधिकारी दुवै आँखा नदेख्ने भएका कारण पढ्नसमेत सकिरहेका छैनन् । आफूसँग आर्थिक अभावका कारण पुरनले आँखा नदेख्नेहरूका लागि पढाइ हुने विद्यालयमा पढ्नसमेत जान सकेका छैनन् ।

बालबालिकाको आँखाको साधारण जाँच देशका सबैजसो अस्पतालमा हुने भए पनि शल्यक्रिया र जटिल खालका रोगका लागि अझै काठमाडौँका ठुला अस्पतालमा नै जानुपर्ने बाध्यता कायम रहेकाले आफूहरूले पुरनलाई अस्पताल पुर्‍याउन नसकेको उनका बुबा जैराम अधिकारीले बताए ।

उनले भने, ‘यताका अस्पतालमा शल्यक्रिया हुँदैन, जिल्ला बाहिर लैजाऊ पैसा छैन, कसरी छोरालाई आँखा देख्ने बनाऊ यही समस्याले पिरोलिरहन्छ ।’ बालबालिकामा आँखासम्बन्धी समस्या देखा पर्नासाथ उपचार गरे धेरै खालका जोखिम कम गर्न सकिने शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक तथा स्वास्थ्यकर्मी आइजङ कुँवरले बताए ।

उनको अहिलेको दैनिकी भनेको रेडियो सुनेर गीत गाउने र घरैमा बस्ने भएको छ ।

उनीसँगैको कान्छो भाइसमेत आँखा नदेख्ने भएपछि परिवारमा झन् पीडा थपिएको छ । आँखा नदेख्ने दुवै छोरालाई खाना खुवाउन, सरसफाइ गर्न लगायतका काममा आफूले समय बिताउनुपरेको आमा पशुली अधिकारीले दुखेसो पोखिन ।

उनले भनिन्, ‘म बाचुन्जेल त छोराहरूको हेरचार गरुला, म नभएपछि यिनीहरूको भविष्य के होला, जहिले चिन्ताले सताएको हुन्छ ।’

प्रतिक्रिया दिनुहोस