८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेशसभा बैठक : परिणाममुखी बजेट ल्याउन सुझाव

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन सुरु भएको छ । आज बसेको दशौँ अधिवेशनको पहिलो बैठकमा बोल्ने दलका नेताहरूले चालू आर्थिक वर्षका लागि परिणाममुखी बजेट ल्याउन सुझाव दिएका छन् ।

बैठकको प्रारम्भमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता यामलाल कँडेलले विगतको कमी कमजोरीबाट पाठ सिकेर बजेट ल्याउन आग्रह गरे । ‘विगतमा अध्यादेशबाट बजेट ल्याइयो, ससाना टुक्रे योजनाका लागि बजेट केन्द्रित गरियो’, उनले भने, ‘विकास गर्न नभई विकास खाने मानसिकताबाट बजेट ल्याउने प्रचलन रह्यो, यस पटक विगतका ती शृङ्खलाबाट पछि हटेर बजेट ल्याउँदा नै कर्णालीको हित हुनेछ ।’

नेता कँडेलले सरकारले विगतका गल्ती सुधारेर परिणाममुखी बजेट ल्याएमा प्रतिपक्षी दल सहयोग गर्न तयार रहेको बताए ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णा शाहले सङ्घीयताको पहिलो पाँच वर्षे कार्यकालको अन्तिम बजेट भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिइन ।

सङ्घीयतामा अनुभवको कमी, जनशक्ति अभाव, प्रदेशभित्रका आन्तरिक समस्याका कारण सोचे अनुरूप प्रदेश सरकारले काम गर्न नसकेको उनको भनाइ छ ।

‘चार वर्षको अवधिमा केही सफलता पनि मिलेको छ, कतिपय काम अधुरै छन्’, उनले भनिन, ‘प्रदेश सरकारले केही नगरेको होइन, थुप्रै विकास निर्माणका कामहरू सम्पन्न भएका छन्, थुप्रै ऐनकानून, कार्यविधिहरू बनेका छन्, त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’

नेपाली काँग्रेसका नेता दिनबन्धु श्रेष्ठले सत्तापक्ष–प्रतिपक्षबिच छलफल र सहकार्य गर्न काँग्रेस सधैँ तयार रहेको धारणा राखे । प्रतिपक्षीलाई विश्वासमा लिएर बजेट ल्याउन सरकारलाई सुझाव दिँदै श्रेष्ठले भने, ‘विगतका बजेट कार्यान्वयनमा देखिएका समस्यालाई केलाएर नयाँ बजेट ल्याऊँ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सोशिला शाहीले कर्णाली प्रदेशमा भ्रष्टाचार मौलाएको भन्दै नियन्त्रण गर्न प्रदेश सरकारले आवश्यक कदम चाल्नुपर्ने विचार व्यक्त गरिन । प्रदेशसभाको अर्को बैठक भोलि (बुधवार) दिउँसो तीन बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस