१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहरी पूर्वाधारमा एकीकृत युटिलिटी कोरिडोर बनाउने घोषणा

अ+ अ-

काठमाडौँ । सरकारले सहरी पूर्वाधारमा एकीकृत युटिलिटी कोरिडोर बनाउने घोषणा गरेको छ ।

सहरी पूर्वाधार निर्माणलाई व्यवस्थित र चुस्त बनाउन सडक, पुल, स्मार्ट सिटीजस्ता संरचनाको योजना निर्माणकै चरणमा दूरसञ्चार, विद्युत्, ढल, खाने पानीलगायतका पूर्वाधारका लागि एकीकृत युटिलिटी कोरिडोरसहितको सहरी विकाससम्बन्धी नीतिगत व्यवस्था गर्ने घोषणा भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवार सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि माइतीघरसम्मको युटिलिटी कोरिडोर यसै आर्थिक वर्षमा प्रारम्भ गरिने उल्लेख छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र रुकुम पूर्वमा आवश्यक कार्यालय भवन निर्माण प्रारम्भ गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । दक्षिण–पश्चिमका सीमावर्ती र उत्तरी सिमानाका व्यापारिक नाकामा सहरी पूर्वाधारको निर्माण गरिने भएको छ । दोधारा–चाँदनी र राजापुरमा सहर विकासका पूर्व तयारीका कार्य सुरु गर्ने योजना पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

सांस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थित विकास गर्ने नीति लिने र त्यसअन्तर्गत काठमाडौँ उपत्यकाको एकीकृत गुरुयोजना तयार गर्ने सरकारी योजना छ । काठमाडौँलगायतका स्थानमा पुराना र अव्यवस्थित बस्तीको हाउसपुलिङ गर्ने योजना बनाउने सरकारको घोषणा छ ।

काठमाडौँमा हाउस पुलिङ गर्ने चर्चा लामो समयदेखि भइरहेपनि अझै सुरुआत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस