७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मूल्यवृद्धि फिर्ता लिन माग

अ+ अ-

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घले सरकारले हालै गरेको पेट्रोलियम पदार्थमा वृद्धि भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

महासङ्घका अध्यक्ष बलराम बास्कोटाले एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले जनताको महँगीको मारमा पर्नुका साथै दैनिक जीवनमा नकारात्मक असर पार्ने बताएका छन् ।

उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिले बहुसङ्ख्यक किसान तथा आम जनसमुदायको दैनिकी चलाउनसमेत धौधौ पर्ने अवस्था आएकोप्रति संवेदनशील हुन आग्रह गरिएको विज्ञप्तिमा सरकारलाई पेट्रोलियम पदार्थमा लिएको करको भारलाई कम गर्न तथा तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिई आम नागरिकको दैनिक जीवनयापन सहज बनाउन माग गरिएको छ ।

महँगीको मारमा परेका जनतामाथि पेट्रोलमा प्रतिलिटर ६३, खाना पकाउने ग्यासमा ३२७, तथा अन्य वस्तुमा ठुलो मात्रामा कर उठाएकाले सरकार जनताप्रति उत्तरदायी र जबाफदेही हुन विज्ञप्तिमा ध्यानाकर्षण गरिएको छ ।

कोरोनाले थलिएका जनता मुद्रास्फीति, चर्को ब्याजदार, खाने तेललगायत खाद्य वस्तुको चरम मूल्यवृद्धि, तरलता अभावका कारण लगानीका क्षेत्र सङ्कुचन हुँदै जानु, उत्पादनमा ह्रास आदिका कारण आर्थिक सङ्कट उत्पन्न भएको उल्लेख गरिएको विज्ञप्तिमा जनतालाई राहत दिने कार्यक्रम ल्याउन सुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस