८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको भूमि र सीमा संरक्षणमा राष्ट्रिय सहमति जरुरी छ : खनाल

अ+ अ-

काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको भूमि र सीमा संरक्षण गर्ने कुरामा राष्ट्रिय सहमति जुट्न जरुरी भएको बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले नेपालको सिमाना सुरक्षा, नेपालको भूमि संरक्षण गर्नुपर्ने विषयमा राष्ट्रिय सहमति जुटाउन जरुरी भएको बताए ।

‘राष्ट्रिय हितमा सगरमाथा जस्तै अटल भएर उभिन सक्नुपर्छ, यस्तो परराष्ट्र नीति जरुरी छ’, उनले भने, ‘अब कूटनीतिक कुरा गर्ने होइन, राष्ट्रिय सहमतिबाट हाम्रो भूमि र सीमाको संरक्षण गर्नुपर्छ ।’

नेकपा एकीकृत समाजवादीका नेता खनालले वर्तमान संविधानलाई मार्गदर्शन मानेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भूमि सुधारको कुरा नीति तथा कार्यक्रम नभएको उल्लेख गर्दै उनले भने, ‘भूमिसम्बन्धी तथ्याङ्क हामीसँग अध्यावधिक छैन, कुनै पनि ठाउँबाट क्लिक गर्दा हेर्न सकिने गरी बनाउनुपर्छ ।’

नेता खनालले अब राजनीतिक दल ठिक ढङ्गले चल्न नसके धेरै बालेन जन्मने र राजनीतिक दलको अस्तित्व समाप्त हुँदै जाने बताए ।

नेता खनालले श्रमजीवी वर्गको जनताको हितका लागि ठोस नीति तथा कार्यक्रम नभएको उल्लेख गर्दै गरिबी निवारणसम्बन्धी ठोस नीति हुनुपर्ने बताए ।

उनले भने, ‘चीनले १० वर्षअघि नै गरिबी निवारण ग¥यो, जम्मा दुई करोड ९२ लाख भएको जनसङ्ख्यालाई गरिबी उन्मूलन गरेर जान किन सकिँदैन ? सकिन्छ ।’

उनले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नुपर्ने र देशमा उद्योगधन्दा सञ्चालनका विषयलाई ध्यान दिनुपर्नेमा जोड दिए । ‘नेपाल पर्यटन र प्राकृतिक सुन्दरताका हिसाबले विश्वकै सबैभन्दा सुन्दर देश हो’, उनले भने, ‘लुम्बिनीकै विकास गर्न सके पनि धेरै धार्मिक पर्यटक भित्र्याउन सकिन्छ तर त्यसको एकीकृत योजना बनाएर विकास गर्न सकिएको छैन ।’

उनले विश्वभरिका पर्यटक नेपालमा भित्र्याउनेस्थलको पनि विकास गर्न नसक्नुका कारण आफ्नो मान्छे भर्ना गरेर लाभ लिन खोजेका कारण त्यस्तो भएको बताए ।

सरकारको आगामी नीति तथा कार्यक्रममा प्रगतिशील कर प्रणाली ल्याउन नसकेको उल्लेख गर्दै उनले समाजवादको पक्षधरले त्यो कुरामा ध्यान दिनुपर्नेमा जोड दिए ।

नेता खनालले देशको मालिक जनतालाई बनाउन सूचना प्रविधि, तालिम भित्र्याउनुपर्नेमा जोड दिँदै नीति तथा कार्यक्रममा कला, साहित्य र संस्कृतिकको विकासका बारेमा केही पनि लेखेको बताए ।

‘सभ्य समाजका लागि कला, साहित्य र संस्कृतिको विकास गर्न जरुरी छ, यसमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ’, उनले भने, ‘मुलुकको आर्थिक, सामाजिक, राष्ट्रिय सुरक्षाका नीति, विदेश नीति बनाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस