८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नीति तथा कार्यक्रम शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउने गरी ल्याइएको छ’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सदस्यले सरकारले नीति तथा कार्यक्रम मुलुकको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने गरी ल्याइएको टिप्पणी गर्दै कार्यान्वयनमा जोड दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले बाँकी रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने गरी नीति तथा कार्यक्रम ल्याइएको भन्दै नीति तथा कार्यक्रमको समर्थन गरे ।

उनले भने, ‘बजेट धेरै सकारात्मक ढङ्गबाट ल्याइएको छ, कृषि, उत्पादन, रोजगारी शिक्षा, स्वास्थ्यलाई समावेश गरेको छ, उत्पादन बढाउने, आयात घटाउने निर्यात बढाउने उद्देश्यले बजेट ल्याएको छ, जुन अत्यन्त सकारात्मक छ ।’

सांसद खिमलाल भट्टराईले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण हुन नसकेको भन्दै बजेटमा समावेश शान्तिपूर्ण र धाँधलीरहित शब्द हटाउनुपर्ने माग गरे ।

उनले नीति तथा कार्यक्रमका धेरै विषयमा अन्योलता रहेको उल्लेख गर्दै नीति तथा कार्यक्रमले समाजवादको आधार निर्माण तय गर्न नसकेको टिप्पणी गरे ।

उनले भने, ‘सुकुम्वासीलाई लालपुर्जा दिने विषय किन दुई वर्ष कुर्नुपर्ने, पहिलाको सरकारले सबै काम गरिसकेको छ, अब सरासर लालपुर्जा दिए भइहाल्यो त, देशको सिमानाका बारेमा नीति तथा कार्यक्रम किन बोल्न सकेको छैन?, निजगढ विमानस्थल निर्माण गर्ने विषयमा सरकार किन भागिरहेको छ ।’

सांसद जितेन्द्रनारायण देवले उत्पादन र कृषिलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याइएको जनाउँदै नेपालको अर्थव्यवस्थालाई आफ्नो खुट्टामा उभ्याउने गरी, ऊर्जा, उद्योग, पर्यटन, रोजगारीलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको टिप्पणी गरे ।

राष्ट्रियसभामा आर्थिक वर्ष २०७९/८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र आजका लागि तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस