६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्न समय थप गरियो

अ+ अ-

काठमाडौँ । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरिएको छ। जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि दुई वर्ष थपिएको हो।

पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा।गणेशनाथ त्रिपाठीले बताए।

डा‍‍‍‍‍‍. त्रिपाठीले चिनिया टोली नेपाल आउन साथ दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत दोस्रो चरणको काम सुरु हुने बताए। ‘कोभिड महामारीका बेलादेखि नेपाल र चीनबिच सिधै हवाई सेवा सञ्चालन हुन सकेको छैन’, त्रिपाठीले भने, ‘चिनिया टोली नेपाल आउन तयार छ। हवाई सेवा सञ्चालन हुनासाथ टोली नेपाल आउँछ।’

पेट्रोलियम पदार्थ अन्वेषणका लागि तीन वटा पूर्वपश्चिम र सात वटा उत्तर दक्षिण दिशामा खनिएका १० वटा सिस्मिक लाइनहरूमा सर्भे कार्य सकिएपछि अन्वेषणका लागि गरिने मुख्य ड्रिलिङको काम सुरु गर्ने भनिए पनि कोरोनाका कारण काम प्रभावित बनेको थियो।

ज्वाला क्षेत्र नाविस्थान श्री स्थान, कोटिला र तल्लो डुंगेश्वर पादुकालगायत क्षेत्रलाई आधार बनाएर पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल सरकार र चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीबिच सन् २०१९ फेब्रुअरी २८ मा सम्झौता भएको थियो।

दैलेखको ज्वाला क्षेत्रमा सदिऔँदेखि पानीमाथि आगो बल्दै आएको छ।

प्रतिक्रिया दिनुहोस