७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलहरूबिच फेरि राष्ट्रिय सहमति र समझदारी आवश्यक देखियो : प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिक दलहरूबिच फेरि राष्ट्रिय सहमति र समझदारीको आवश्यकता देखिएको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा प्रि बजेटमाथिको छलफलमा बोल्दै उनले देशको आर्थिक समस्या समाधान गर्न पुनः राजनीतिक एकता र समझदारी आवश्यक परेको बताएका हुन् ।

‘हामीले शान्ति प्रक्रियालाई टुङ्ग्याउँदै गर्दा र देशलाई नयाँ राजनीतिक प्रणालीमार्फत देशलाई नयाँ युगमा लग्ने सपना देख्दा राजनीतिक दलहरूबिच उत्कृष्ट सहमति देखाएका थियौँ,’ उनले भने, ‘उक्त समयमा राजनीतिक तहमा जुन एकता र राजनीतिक सहमति देखाएका थियौँ । आज पनि त्यसै प्रकृतिको एकता, सहमति र समझदारी बनाउनु आवश्यक छ ।’

प्रचण्डले अर्थतन्त्रमा देखापरेका समस्याहरू, दलहरू भित्र देखा परेका समस्या र अन्तर दलबिच देखिएका समस्या समाधान गर्न फेरि राष्ट्रिय सहमति र समझदारी आवश्यक परेको बताए । ‘अहिले एकले अर्कालाई दोषारोपण गर्ने र घोचपेच गर्ने क्रम बढेको छ,’ उनले भने, ‘तर, यसरी मात्रै समस्या समाधान हुने स्थिति छैन । यो समस्या समाधान गर्न संवाद, एकता र समझदारीको माध्यमबाट अघि बढ्नुपर्छ ।’

यस्तै, उनले संविधानसभाबाट संविधान घोषणा भएपछि देश दोस्रो निर्वाचनको तयारीमा रहेको बताए । ‘भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ,’ प्रचण्डले भने, ‘यो निर्वाचन यस्तो समयमा सम्पन्न भयो, जुन बेला हामी संविधानसभाबाट बनेको संविधान कार्यान्वयन प्रक्रियामा नै दुर्घटनामा पर्ने हौँ कि भन्ने गम्भीर परिस्थिति बन्यो ।’

उनले गत वर्षको स्थिति सम्झँदै भने, ‘गत साल हामीले जे भोग्यौँ । हामीले जसरी संविधानको रक्षाका निम्ति लोकतन्त्रको रक्षाका निम्ति र राष्ट्रियताको रक्षाका निम्ति सडकमा जानुपर्ने परिस्थिति बन्यो । हामी सबै त्यो परिस्थितिबाट गुज्रेका छौँ ।’

प्रतिक्रिया दिनुहोस