८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाली गर्नेलाई ३ घण्टा, कर्णालीको आवाज सुनाउनेलाई ३ मिनेट : सांसद गजेन्द्रबहादुर महत

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले संसद्‍मा कर्णालीको आवाज प्राथमिकतामा नपर्ने बताएका छन् ।

शनिवार प्रतिनिधिसभा बैठकमा आगामी नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले कर्णालीका कुरा सुनाउन ३ मिनेट समय छुट्याइने गरेको बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको बिहीबारको सम्बोधनलाई लक्षित गर्दै उनले भने, ‘यहाँ गाली गर्नेलाई ३ घण्टा छ, कर्णालीको आवाज सुनाउनेलाई ३ मिनेट छ । त्यसो भएकाले पनि मलाई अलि गाह्रो भइरहेको छ । कसरी बोल्ने के बोल्ने भन्नेमा गाह्रो भइरहेको छ ।’

उनले एमालेले आफूले धित मरुन्जेल बोल्ने र अरूले बोल्दा अवरोध गर्ने गरेको बताए । ‘सदनभित्र हिजो प्रतिपक्षको हर्कत हेर्दा बोल्न पाइँदैन कि भन्ने लाग्याथ्यो अलि ठुलो स्वर गर्‍यो भने अवरोध हुने हो कि भनेर म चिन्तामा छु उहाँहरू धित मरुन्जेल यहाँ गाली गर्नुहुन्छ तपाईँहरू धित मरुन्जेल बोल्नुहोला,ु उनले भने । त्यस्तै रोस्ट्रमबाट ताला चाबी देखाउँदै उनले भने, हामी बोल्ने बेला ताला चाबी लगाइदिनुहोला, अनि जति बेला बोल्न मन लाग्छ आउनुहोला र ताला चाबी खोल्नुहोला।’

त्यस्तै उनले संसद्‍‍मा सम्बोधन गर्दा दुइटा शब्द सच्याइनुपर्ने भन्दै व्यङ्ग्यसमेत गरे । उनले भने, ‘हिजो सच्याउने कुरा आयो, यहाँ दुइटा शब्द सच्याउने पर्ने भयो दानवीर बलीको ठाउँमा दानवीर ओली राख्नुपर्‍यो सभामुख महोदय, त्यस्तै बलिदानको ठाउँमा ओलीदान बनाउनुपर्‍यो किनभने उहाँले बलिदानलाई त स्विकार्नुहुँदैन ।’

उनले सरकारलाई कृषिलाई प्राथमिकतामा राख्न पनि आग्रह गरे । उनले भने, ‘पाँच लाख युवालाई १र१ लाख रुपैयाँका दरले सूर्यमुखी र भटमास लगाउन योजना ल्याउनुपर्‍यो । त्यस्तै १० लाख किसानलाई भैँसी पाल्न लगाएर मलको अभाव हटाउनुपर्‍यो ।’

जुम्लाका सांसद महतले तातोपानी गाउँपालिकामा काँग्रेस कार्यकर्ताले माओवादी कार्यकर्तालाई आक्रमण गरेको र आक्रमणकारीविरुद्ध मुद्दा दर्ता नभएको भन्दै आपत्तिसमेत जनाए ।

प्रतिक्रिया दिनुहोस