८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकको जीवनस्तर परिवर्तन हुनुपर्नेमा जोड

अ+ अ-

गण्डकी । गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेश सरकारद्वारा आयोजित विशेष समारोहमा व्यवस्था परिवर्तनसँगै नागरिकको जीवनस्तर परिवर्तन हुनुपर्नेमा जोड दिइएको छ ।

नेपाली जनताको लामो सङ्घर्षको उपलब्धिस्वरुप प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुन आवश्यक रहेको बताउँदै कार्यक्रमका वक्ताले व्यवस्थासँगै नागरिकको आर्थिक एवम् सामाजिक विकास भएमा मात्र त्यसको सार्थकता सिद्ध हुने बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्र केबल शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीकारुपमा स्थापित गर्न सक्दा मात्रै आम नागरिकले लोकतन्त्रको सुखद अनुभूति गर्न पाउने बताए।

गणतन्त्र नेपाल घोषणा भएपछि सुशासन, द्रुततर आर्थिक, सामाजिक विकासलगायत सबै क्षेत्रमा सुन्दर, समृद्ध हुन्छ भन्ने आम नेपालीको अपेक्षा आंशिकरुपमा सम्बोधन भए पनि त्यो पूर्ण हुन नसकेको उनले बताए ।

‘जबसम्म राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा प्रत्यक्ष प्रभाव पार्दैन, तबसम्म राजनीतिक परिवर्तन स्वयं दिगो र संस्थागत हुन पनि सक्दैन’, उनले भने ।

सङ्घर्षका समयमा जनतासामु गरेका प्रतिवद्धता तथा वीर अमर शहीदका सपना साकार पार्नु सबैको सामूहिक दायित्व र कर्तव्य बनेको बताउँदै उनले हिजो सङ्घर्षका दिनमा जस्तै हामी सबैबीच एकता, सहकार्य र सहमति हुनु आवश्यक भएकोमा जोड दिए ।
गणतन्त्र दिवसले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने उनले कामना गरे।

हालै मुलुकमा आम जनताको उत्साहपूर्ण सहभागितामा स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु सबैका निमित्त खुसीको विषय भएको उल्लेख गर्दै उनले हालै सम्पन्न स्थानीय तहको निर्वाचनसँगै अब हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रको जगलाई संस्थागत र थप सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक परिवर्तन गर्न नसके त्यसको कुनै अर्थ नहुने बताए । व्यवस्थामा परिवर्तन आए पनि जनताको आकाङ्क्षा अनुसार बढ्न नसकिएको वास्तविकतामा जनताका आवश्यकता तथा चाहनालाई सम्बोधन गर्ने गरी एकताबद्ध रुपमा लाग्नुपर्ने आवश्यकता उनले औँल्याए । व्यवस्था परिवर्तनमा दलहरूबीचमा देखिएको सहमति, सहकार्य र एकताको भावनालाई आत्मसात् गर्दै आगामी दिनमा पनि त्यही भावनाका साथ अघि बढ्नु जरुरी रहेको उनले बताए ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले विसं २००७ सालदेखिको नेपाली जनताको चाहना र सङ्घर्षको प्रतिफलस्वरुप गणतन्त्र दिवस मनाउने अवस्थामा पुगिएको बताउँदै यसको संस्थागत विकास आवश्यक भएको बताए । जनताको आर्थिक, सामाजिक परिवर्तन हुन सकेमा मात्रै दिवसको सार्थकता रहने बताउँदै उनले सरकार तथा राजनीति दलहरू त्यसतर्फ लक्षित हुनुपर्ने बताए ।

आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले गणतन्त्र दिवस नेपाली जनताको महत्त्वपूर्ण उपलब्धि भएको बताए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लामो समयको सङ्घर्षको प्रतिफलस्वरुप गणतन्त्र प्राप्त भएको बताउँदै जनतालाई यसको अनुभूति गराउन अझै धेरै काम बाँकी रहेको बताए । जनताका अपेक्षालाई सम्बोधन गर्ने गरी एकताबद्ध प्रयास आवश्यक भएकोमा उनले जोड दिए ।

कार्यक्रममा प्रदेशमा उत्कृष्ट काम गर्ने कार्यालयसँगै विभिन्न कर्मचारीलाई पुरस्कृत गरिएको थियो । समारोहअघि पोखराको सहिद चोकस्थित पार्कमा माल्यार्पण गरी विभिन्न झाँकीसहितको र्‍याली आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस