९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपुरमा बजेट : सुरुङमार्गदेखि ट्रमा सेन्टरसम्म

अ+ अ-

नवलपुर । सरकारले आगामी वर्षको बजेटमार्फत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सुरुङमार्ग निर्माणदेखि ट्रमा सेन्टर स्थापनासम्मका लागि बजेट व्यवस्था गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष २०७९/८० का लागि अनुमानित आयव्यय विवरण प्रस्तुत गर्दै नवलपुरमा सुरुङमार्ग निर्माणदेखि ट्रमा सेन्टर स्थापनासम्मका विभिन्न योजना प्रस्तुत गरेका हुन्।

पूर्व–पश्चिम राजमार्ग विस्तारका क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कीबासबाट नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को बर्दघाटसम्म सुरुङ मार्गका लागि अध्ययन गरिने कुरा बजेटमा उल्लेख छ । दुम्कीबास–बर्दघाटसहित अन्य राजमार्गको सुरुङ मार्ग विस्तारका लागि रु एक अर्ब १९ करोड बजेट विनियोजन गरिएको छ ।

त्यस्तै उत्तर दक्षिण राजमार्गअन्तर्गत निर्माणाधीन कालीगण्डकी कोरिडोर, कर्णाली कोरिडोर र कोसी कोरिडोरका लागि जम्मा रु चार अर्ब ६९ करोड विनियोजन गरिएको छ । कालीगण्डकी करिडोरले भारत र चीनलाई छोएको छ । यो करिडोर नवलपुरको त्रिवेणीधामदेखि पाल्पा, बागलुङहुँदै चीनको कोरला नाकामसम्म पुग्दछ ।

पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइने र आगामी वर्ष नारायणघाट–बुटवलखण्ड विस्तार गरिने भएको छ ।

अहिले यो खण्ड विस्तारको काम करिब १६ प्रतिशत मात्रै पूरा भएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्नका लागि नारायणी नदीमा बहुउपयोगी सिग्नेचर पुल निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने पनि बजेटमा उल्लेख गरिएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकासहित कैलालीको लम्की, कर्णाली कोरिडरको राकम र धादिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गरिने भएको छ ।

त्यसैगरी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका, चितवनको कठार र महोत्तरीको मटिहानीमा स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा अत्याधुनिक रिक्रियसन सेन्टर स्थापना गरिने भएको छ ।

देशकै कान्छो जिल्लाको रुपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को सरकारी सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन एकीकृत रूपमा सरकारी कार्यालय भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस