६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यसरी भयो फुर्पा अभिनेत्री मिरूनाबिच मिलापत्र !

अ+ अ-

काठमाडौँ । कबड्डी-४ की अभिनेत्री मिरूना मगरमाथि भएको अभद्र व्यवहारको घटनामा दुई पक्षबिच मिलापत्र भएको छ।

मंगलबार मिरूना मगर र आरोपित मुगुका फुर्पा तामाङ पक्षबिच छलफल भएको थियो।

छलफलपछि आरोपित फुर्पा तामाङले गल्ती स्वीकार गर्दै अभिनेत्रीसमक्ष माफी मागेका थिए।

त्यस्तै अभिनेत्री मगरले पनि उनलाई भाइ सम्झेर माफी दिएको सार्वजनिक भएको पत्रमा उल्लेख छ।

आइतबार कबड्डी–४ फिल्म प्रमोसनको लागि मिरूना मगर लगायतको टोली सिभिल मल पुगेका थिए। त्यही बेला फ्यानहरूसँग फोटो खिचाउने क्रममा फुर्पाले अभद्र व्यवहार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

‘अभिनेत्री मिरूना मगरमाथि भएको अभद्र व्यवहारसम्बन्धी घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मगरसमक्ष माफी मागेको र अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी गरेकी छिन्,’ मिलापत्रमा उल्लेख छ।

यस्तै अभिनेत्री मगरले पनि कुनै जाति, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको प्रस्ट्याएकी छन्।

उनले कुनै समुदायमाथि असर पुगेको भन्दै माफी समेत मागेकी छन्।

‘उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा हुन गएको घटनाबाट सिङ्गो बौद्ध धर्मावलम्बी, भिक्षु लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छिन्,’ पत्रमा लेखिएको छ।

आइतबार पक्राउ परेका तामाङ मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशपछि धरौटीमा रिहा भएका थिए।

प्रतिक्रिया दिनुहोस