१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रासायनिक मल आपूर्ति अनिश्चित

अ+ अ-

टीकापुर । कैलालीको जानकी गाउँपालिकाका तेतराम चौधरी यतिखेर धान खेती गर्न मलको खोजीमा भौँतारिएका छन् ।

कृषि सहकारीमा मल नपाएपछि उनी मलको जोहो गर्न भारतीय बजार तिकुनीया जाने तयारीमा छन् । भारतको तिकुनीयाबाट मल ल्याउन पनि किसानलाई सहज छैन । सहजै मल ल्याउन सकिने भएको भए यहाँका किसान ढुक्कले खेती गर्ने थिए ।

‘मल नेपाली बजारमा सहजरुपमा पाउँदैन, भारतीय बजारबाट ल्याउन पाइँदैन’, चौधरीले भने, ‘यस्तो बेलामा कसरी खेती गर्नु ? मल नभए धान उत्पादन घट्छ ।’

कैलालीमा यस वर्ष रासायनिक मलको चरम अभाव हुने भएको छ । हरेक वर्ष किसानले मलको समस्या झेल्दै आएको र यस वर्ष पनि अभाव हुनसक्ने देखिएको छ । कैलालीमा रासायनिक मलको आपूर्ति पर्याप्त नहुँदा यस वर्ष मल अभाव हुने भएको हो ।

सरकारले अन्तर्राष्ट्रिय बोलपत्रका अतिरिक्त कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनीले जिटुजीअन्तर्गत भारत सरकारका आधिकारिक निकायबाट मल आयात गरी किसानलाई पूर्ति गर्दै आएको छ ।

तर यस वर्ष समयमा मल पर्याप्त मात्रामा आपूर्ति नहुँदा धान खेती गर्ने बेला मलको अभाव देखिने कृषि सामग्री कम्पनीका मौज्दात शाखा प्रमुख रुपबहादुर कुँवर बताउँछन्।

‘यस वर्ष धान रोप्ने समयमा मल अभाव हुने देखिन्छ’, उनले भने, ‘सुदूरपश्चिम प्रदेशका लागि भैरहवा नाकामा दुई हजार १०० मेट्रिक टन डिएपी मल आइपुगेको छ ।’ कुँवरले मल नाकामा आए पनि इन्धनको मूल्य अधिक बढेर ढुवानीमा समस्या हुँदा आएको मल प्रदेशमा भित्र्याउन नपाएको बताए । मल ल्याउनका लागि प्रदेशमा रहेका कृषि सहकारीलाई प्रधान कार्यालय र प्रदेशको स्वीकृति लिएर भैरहवाबाटै मल ल्याउन दिने व्यवस्था गर्न थालिएको उनले बताए ।

‘कैलालीमा रहेका ९५ कृषि सहकारीलाई मल ल्याउनका लागि स्वीकृत दिइएको छ’, उनले भने, ‘भैरहवा नाकाबाट मल ल्याउनका लागि सबै क्षेत्रमा मलको समानुपातिक वितरण भई मलको सहजताका लागि सहकारीलाई सोहीअनुसार मलको कोटा निर्धारण गरिएको छ ।’ आवश्यकता हेरी धनगढीबाट टीकापुरसम्म मलको कोटा निर्धारण गरिएको उनी बताउँछन् । अब सहकारीले ल्याएमा मात्र किसानले समयमा मल पाउने देखिएको छ ।

रासायनिक मलका लागि जिटुजीमार्फत् डेढ लाख मेट्रिक टन भारतबाट खरिदको सम्झौता भएको छ । बर्खे धान खेतीका लागि भनेर सरकारले आपूर्तिका लागि सम्झौता गरे पनि जिटुजीमार्फत अहिलेसम्म नआएको सम्झौताअनुसार मल असार दोस्रो सातासम्म पुग्न सक्नेमा आशङ्का रहेको उनको भनाइ छ ।

कैलालीमा १८ मेट्रिक टन डिएपी, १५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन पोटासको माग रहेको भए पनि आधा मात्र आपूर्ति हुने गरेको छ । त्यसैले किसान मलको प्रयोग गर्ने याममा बर्सेनि अभावमा खेती गर्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस