९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलात्कृत महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ : पौडेल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बलात्कृत महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने बताएकी छन् ।

बुधबार (आज) प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बलात्कृत महिलालाई तत्कालिन क्षतिपूर्ति र जीवन निर्वाहको दायित्व सरकारको हुनुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘एकपल्ट बलात्कृत भएपछि महिलाको सम्पूर्ण जीवन बर्बाद हुन्छ, त्यसकारण बलात्कृत महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ । उनीहरुको तत्कालिन क्षतिपूर्ति र जीवन निर्वाह गर्ने दात्यित्व सरकारको हुनुपर्छ ।’

उपाध्यक्ष पौडेलले महिलामाथिको बलात्कार हिंसाको कारबाहीलाई छिटो टुंग्याउन पारिवारिक वा फास्ट ट्रयाक अदालत गठन गर्नुपर्ने र त्यसका लागि बजेटमा रकम विनियोजन हुनुपर्ने पनि बताइन् ।

उनले उत्पीडित महिलाहरुलाई सहयोग र संरक्षणका लागि सरकारले महिला सहायता कोष निर्माण गर्नुपर्ने पनि धारणा राखिन् ।

संविधानले समाजवाद उन्मुख राज्य बनाउने भने पनि आगामी आर्थिक वर्षको बजेटले त्यस खालको ठोस कार्यक्रम ल्याउन नसकेको सांसद पौडेलले बताइन् ।

‘समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि कृषि र उद्योगको क्षेत्रमा यथास्थितिबाट माथि उठ्नुपर्छ । समाजवादी दिशामा ठोस कदम चाल्नुपर्ने देखिन्छ, तर त्यो देखिएन’ उनले भनिन् ।

बजेटले कृषि उत्पादन बढाउने कुरामा जोड दिए पनि नेपालको जमिनमाथि अझै सामन्ती स्वामित्व रहेकाले त्यसलाई अन्त्य नगरी कृषि उत्पादन नबढ्ने पौडेलले बताइन् ।

‘जमिनमाथिको सामन्ती स्वामित्व अन्त्य नगरी, हदभदा बढी जग्गा विना मुआब्जा अधिग्रहण गरी गरिब र भूमिहीन किसानलाई वितरण नगरी भूमिको भूमिको संरचना परिवर्तन गर्न सकिदैन । भूमिको संरचना परिवर्तन नगरी कृषि उत्पादनको वृद्धि गर्न सकिँदैन’ पौडेलले भनिन् ।

उनले औद्योगिक विकासका लागि स्वदेशी उद्योगलाई विदेशी पुँजी र उत्पादन विरुद्ध संरक्षण गर्नुपर्ने र देशमा दलाल पुँजीमाथि नियन्त्रण गर्नुपर्ने धारणा राखिन् ।

संघीयता र प्रादेशिक संरचनाका कारण मुलुकको ठूलो धनराशी खर्च भइरहेको भन्दै सांसद पौडेलले त्यसले देश विकास नै कुण्ठित बनाएको जिकिर गरिन् ।

‘संघीयता र प्रादेशिक संरचनामा खर्च हुने ठूलो धनराशी मुलुकमाथिको बोझ हो’ उनले भनिन्, ‘देशको विकास कुण्ठित हुने र स्थानीय निकायमा जाने बजेट कम हुँदै गएको छ । त्यसैले संघीय संरचना खारेज गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस