८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायपालिका जनआस्थामा आधारित संस्था : कामु प्रधानन्यायाधीश

अ+ अ-

कर्णाली । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिका जनआस्थामा आधारित संस्था भएको बताएका छन् ।

जुम्लामा हिजो आयोजित उच्च अदालत सुर्खेत जुम्ला इजलास र जिल्ला अदालत जुम्लाको नवनिर्मित भवनको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले मुद्दा दर्तादेखि फैसला हुँदासम्म पूरा गरिने न्याय सम्पादनबाट सेवाग्राहीलाई मिल्ने सन्तुष्टिले न्यायपालिकाप्रतिको आस्था बढ्ने बताए । सुदृढ न्यायपालिका बनाउन वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन भएको उनले बताए ।

‘सर्वोच्च अदालतमा धेरै समस्या छन् । हामी सुधारको प्रक्रियामा छौँ र चाँडै त्यसको प्रतिफल आउँदै छ’, कामु प्रधानन्यायाधीश कार्कीले भने, ‘अब हामी छिटो छरितो र निष्पक्ष ढङ्गबाट काम होस् भनेर गोला प्रथा वा मेसिनबाट पनि न्याय सम्पादनका कार्य गर्दै छौँ ।’ अदालतको काम कारबाहीप्रति सेवाग्राहीको धारणा सन्तोषजनक नहुँदा अपेक्षित प्रतिफल नआउने भन्दै उनले उनीहरूप्रतिको हाम्रो दायित्व बोधले मात्र न्याय सम्पादन पूर्ण हुने जनाए ।

वरिष्ठ न्यायाधीश कार्कीले मेहनत, इमानदारिता र निष्ठाबाट हुने न्यायालयको कामले जनतामा विश्वास बढ्ने बताए । जनताको सहजताका लागि मुद्दालाई वर्गीकरण गरिएको जनाउँदै वरिष्ठ न्यायाधीश कार्कीले सबैको सकारात्मक सहयोगबाट न्याय सम्पादनमा प्रभावकारिता बढ्ने तर्क गरे ।

उच्च अदालत सुर्खेत जुम्ला इजलासका कायममुकायम न्यायाधीश शेषराज सिवाकोटीले गुणस्तरीय र प्रभावकारी न्याय सम्पादनका लागि भौतिक पूर्वाधारका साथै दक्ष जनशक्ति आवश्यक हुने जनाए । कायममुकायम न्यायाधीश सिवाकोटीका अनुसार चालु चौथो योजनाले न्यायपालिकालाई सेवाग्राहीमैत्री बनाउनमा जोड दिएको छ ।

उद्घाटन कार्यक्रममा उच्च अदालत सुर्खेत इजलास जुम्लाका न्यायाधीश श्रीमणकुमार गौतमले २४ कोठे भवन तीन करोड २२ लाख १३ हजार लागतमा निर्माण भएको जनाए । उनका अनुसार उक्त भवन डीएस पृथ्वी जेभी निर्माण कम्पनी, ललितपुरले निर्माण गरेको थियो ।

जिल्ला अदालत जुम्लाको २० कोठे भवन चार करोड २१ लख ४३ हजार ५०० लागतमा निर्माण भएको जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले जानकारी दिए । उक्त भवन चन्द एन्ड वसन्त पुष्प जेभी निर्माण कम्पनीले निर्माण गरेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्की, चन्दननाथ नगरपालिकाका प्रमुख राजु सिंह कठायत, अधिवक्ता मीनबहादुरमहतलगायत वक्ताले न्याय सम्पादनमा कर्णालीवासीको सहज पहुँच हुने गरी न्यायाधीश र आवश्यक जनशक्तिको व्यवस्था मिलाउन कामु प्रधानन्यायाधीश कार्कीसमक्ष अनुरोध गरे । कामु न्यायधीश कार्कीले हुम्ला, जुम्ला र कालिकोटमा नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् ।

उक्त कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावल, न्यायाधीश नसुरुल्लाह अन्सारी, सर्वोच्च अदालतका रजिस्ट्रार नारायण पन्थी, सह–रजिस्ट्रार बाबुराम दाहाल, २४ नं। कर्णाली बाहिनी जुम्लाका बाहिनी पति रामचन्द्र केसी, प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँ, सशस्त्र प्रहरी उपरीक्षक चित्राङ्गत दाहाल, प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस