१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेनलाई अत्याधुनिक हतियार दिने अमेरिकाको निर्णय

अ+ अ-

काठमाडौँ । अमेरिकाले लामो दुरीमा प्रहार गर्न सक्ने रकेट प्रणालीका अत्याधुनिक हतियार युक्रेनलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

ती हतियार रुसी सिमानामा प्रयोग गर्न नपाउने सर्तसहित युक्रेनलाई दिइने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले जनाएका छन् ।

रकेट प्रणालीका अत्याधुनिक हतियारहरु युक्रेनलाई दिने निर्णय गरेर अमेरिकाले आगोमा घ्यु थपेको टिप्पणी रुसले गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले रकेट प्रणालीका अत्याधुनिक हतियार युक्रेनलाई दिने निर्णयको पुष्टि गरेलगत्तै रुसले परमाणु क्षेप्यास्त्र चलाउने फौजको अभ्यास थालेको घोषणा गरेको छ ।

युक्रेनले रुसी आक्रमणको प्रतिरक्षा अत्याधुनिक हतियारको माग गर्दै आएको थियो । सोही माग अनुसार अमेरिकाले युक्रेनलाई एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम दिने निर्णय गरेको छ । रुससँग भएका भन्दा अत्याधुनिक मानिएका यी हतियारले लामो दुरीसम्म प्रहार गर्न सक्छ । यद्यपि यस्ता हतियार कतिवटा अमेरिकाले दिनेछ भन्ने स्पष्ट भइसकेको छैन ।

यसैबीच जर्मन सरकारले पनि युक्रेनलाई हवाई प्रतिरक्षा प्रणाली पठाउने जनाएको छ । चान्सलर ओलाफ सोल्जले युक्रेनको एउटा पूरै शहरलाई रूसी आक्रमणबाट जोगाउन सक्षम बनाउने गरी ‘आईआरआईएस–टी’ नामका हतियार उपलब्ध गराउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस