शुल्क वृद्धिको विरोधमा तालाबन्दी « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

शुल्क वृद्धिको विरोधमा तालाबन्दी


१९ जेष्ठ २०७९, बिहिबार


भक्तपुर । तोकिएको शुल्कभन्दा बढी रकम लिएको भन्दै भक्तपुर बहुमुखी क्याम्पसमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पसमा तालाबन्दी गरेको छ ।

बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने, शुल्क घटाउनुपर्ने लगायतको १२ बुँदे माग राख्दै नेपाल मजदुर किसान पार्टी निकट उक्त विद्यार्थी सङ्घले क्याम्पस प्रमुख र लेखा शाखाको कोठामा तालाबन्दी गरेका हुन् ।

विसं २०७५ फागुन १९ गते क्याम्पस व्यवस्थापन समितिको बैठकले बिएससी सिएसआइटीको शुल्क रु तीन लाख १५ हजार ९०० निर्धारण गरेकामा क्याम्पसले अहिले प्रति विद्यार्थी रु नौ हजार १०० बढी रकम लिएपछि तालाबन्दी गरेको सङ्घका सहसंयोजक उमेश शाहीले जानकारी दिए ।

क्याम्पसमा प्रेस विज्ञप्ति जारी गर्दै उक्त विद्यार्थी सङ्घले क्याम्पसले विद्यार्थीसँग मनोमानी शुल्क उठाएको, क्याम्पस प्रमुखले आफूखुसी कर्मचारी नियुक्ति गरेको भन्दै त्यसको विरोध गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस