८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्पष्टीकरणबारे घनश्याम भुसालको आयो यस्तो प्रतिक्रिया !

अ+ अ-

काठमाडौँ। अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा अनुशासन आयोगको कारबाही सिफारिसमा परेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल आफू आफ्नो कुरामा प्रस्ट रहेको बताएका छन् ।

भुसाललाई केशव बडाल अध्यक्ष रहेको अनुशासन आयोगले अध्यक्षविरुद्ध आलोचनात्मक अभिव्यक्ति दिएको भन्दै कारवाहीका लागि पार्टी केन्द्रीय कमिटी समक्ष सिफारिस गरेको थियो ।

तर भुसालले आफूलाई कारबाहीको सिफारिसबारे कुनै जानकारी नभएको भन्दै आफू आफ्नो कुरामा प्रस्ट रहेको बताए । ‘म आफ्नो कुरामा प्रस्ट छु’, भुसालले आफ्नो चिन्ता वाम आन्दोलन र एमाले बिग्रियो भन्ने रहेको बताए ।

‘मेरो चिन्ता एमाले बिग्रियो भन्ने हो । मेरो पोजिसन, मेरो अध्यक्षको पोजिसन यो सबै वाम आन्दोलनभित्र, नेकपा एमालेको जीवनभित्र छ’, भुसालको भनाइ छ । उनले व्यक्तिहरूको जीवन पार्टीभित्र खोज्नुपर्ने भन्दै वाम आन्दोलन र नेकपा एमालेको नीति सिद्धान्तभित्र त्यो जीवन आफूले खोजिरहेको बताए । ‘मेरा स्वार्थ, मेरा हित र मेरो अहङ्कारभित्र मैले मेरो समूह, समाज र आन्दोलन खोज्ने होइन । म आफ्नो कुरामा धेरै प्रस्ट छु’, भुसालको भनाइ छ ।

भुसालले आयोगको अध्यक्षले नै कारबाहीबारे भनिसकेपछि केही भइरहेको छ भन्ने बुझ्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस