११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यालय विस्तारका लागि माओवादी केन्द्रले सदस्यबाट न्यूनतम १०० रुपैयाँ उठाउने

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कार्यालय विस्तार गर्ने भएको छ ।

भौतिक संरचना निर्माणसहित कार्यालय विस्तार र व्यवस्थित गर्नका लागि पार्टी सदस्यहरूबाट न्यूनतम १०० रुपैयाँ उठाउने निर्णयसमेत गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी सदस्यबाट न्यूनतम १०० रुपैयाँ उठाउने र सक्नेले त्योभन्दा बढी पनि दिन सक्ने निर्णय गरेको नेता शक्ति बस्नेतले जानकारी दिए ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा संरचना निर्माण र व्यवस्थित गर्नका लागि प्रदेश कमिटीहरूलाई १ महिनाभित्र रकम उठाइसक्न भनिएको उनले बताए ।

त्यस्तै विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को विवाद मिलाउने जिम्मा अध्यक्ष दाहाललाई दिइएको पनि बस्नेतले बताए ।

महासचिवलगायत पदाधिकारी चयनको विषयमा माओवादीको विद्यार्थी सङ्गठन क्रान्तिकारीमा विवाद छ । दाहालले दुवै पक्षलाई बोलाएर विवाद समाधान गर्ने बस्नेतको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस