६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री हेरफेर गर्ने नेकपा एसको निर्णय, फिर्ता बोलाउने जिम्मा अध्यक्ष नेपाललाई

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको तर्फबाट मन्त्री भएकाहरुलाई २४ घण्टाभित्र फिर्ता बोलाउने भएको छ । त्यसको जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिइएको छ ।

पार्टीका पोलिटव्यूरो सदस्य मेटमणी चौधरीले पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिए ।

उनले भने, ‘बैठकले मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन भनेको छ। त्यसको जिम्मा पार्टी अध्यक्षलाई दिइएको छ।’

आज (आइतबार) पार्टी कार्यालय तीनकुनेमा बसेको समाजवादीको सचिवालय बैठकमा सरकारमा पार्टीबाट मन्त्रीहरुको हेरफेरका बारेमा छलफल भएको र यसको अधिकार पार्टी अध्यक्ष माधव कुमार नेपाललाई रहेको उपमहासचिव गङ्गालाल तुलाधारले जानकारी दिए ।

उनले ६ महिनाका लागि सरकारमा पठाएकाले मन्त्री हेरफेर गर्ने विषयमा छलफल भएको बताए ।

पार्टीबाट मन्त्री भएकाहरु र शीर्ष नेताहरुबीच छलफल हुने र आवश्यक निष्कर्षमा पुगिने उनको भनाइ छ ।

उपमहासचिव तुलाधरले मन्त्री फेरबदल गर्ने निर्णय सबैले मान्नुपर्नेसमेत बताए। त्यस्तै उनले बाम एकता राम्रै कुरा भएको भए पनि इमान्दारी नभए राम्रो नहुने पुष्टि भइसकेको जिकिर गरे ।

तुलाधरले गठबन्धन भत्काएर मुलुकलाई बबार्दीतर्फ लान नहुने बताए। सचिवालय बैठकले पार्टीका सबै कमिटीहरुलाई प्राकृतिक विपतको पूर्व तयारीका लागि परिचालन गर्ने निर्णय गरेको उनले बताए ।

समाजवादीले छिटै केन्द्रीय कमिटी बैठक बस्ने र त्यसपछि केन्द्रीय परिषद्को बैठक बोलाउने तयारी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस