काठमाडौँ । नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घका अध्यक्ष सन्दीप अग्रवालले नेपालको बजेट र भारत सरकारको नीतिले नेपालका तेल उत्पादक मारमा परेको बताएका छन् ।
आज (आइतबार) बजेटबारे सङ्घको धारणा सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै अग्रवालले सरकारको नीतिले निकासी बन्द हुने अवस्था आउने बताए ।
नेपालमा अनाधिकृत तेल भित्रने भन्दै उनले भन्सार कर शून्य र मूल्य अभिवृद्धि करमा ५० प्रतिशत कटौती गर्न माग गरे ।
बजेटले वनस्पति घ्यू तेल उद्योगलाई गम्भीर असर पार्ने नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घको आरोप छ ।
संघले सरकारको नीतिले स्वदेशी उद्योगलाई दीर्घकालीन असर पुर्याउने निष्कर्ष निकाल्दै शीघ्र समाधान खोज्न सरकारसँग माग गरेको छ ।
सरकारले उपभोक्तालाई प्रत्यक्ष राहत दिन खाने तेलको महसुल दर कम गर्नुको सट्टा उद्योगलाई कम महसुल दरमा पाम र पामोलिदन तेलको आयात गर्न दिने नीतिले व्याकवार्ड इन्टिग्रेसनमा आधारित स्वदेशी उद्योगलाई मर्का पर्न गएको सङ्घको भनाइ छ ।