७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलङ्का अदालतद्वारा रुसी विमानलाई उडान अनुमति दिइयो

अ+ अ-

कोलम्बो । सोमबार श्रीलङ्काको एक अदालतले व्यापारिक विवादका कारण देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको एअरोफ्लट एयरबस ए–३३० विमान रोक्ने उड्डयन कार्यालयको आदेशलाई सोमबार खारेज गरेको छ । आदेशसँगै विमानले मस्कोका लागि उडान भर्न सक्ने भएको छ ।

श्रीलङ्काली अदालतले विमानलाई दुई हप्तासम्म विमानस्थलमा नै रोक्न गत बिहीबार आदेश गरेको थियो ।

त्यसपछि एयर ट्राफिक कन्ट्रोलरले बिहीबार मस्को फर्कने उडान एसयू–२८९ को उडान अनुमति अस्वीकार गरेका थियो भने विमानमा रहेका सबै यात्रुलाई होटेलमा लागि राखिएको थियो ।

उक्त रुसी विमानले आयरल्यान्डको ‘सेलेस्टेयल एभियसन ट्रेडिङ १० लिमिटेडलाई तिर्नुपर्ने रकम नतिरेको भन्दै एरोफलट विरुद्ध मुद्दा दायर गरेपछि विमानलाई रोक्न निर्देशन दिइएको हो ।

विमानलाई उडान अनुमति नदिएपछि श्रीलङ्का र रुसबिच कूटनीतिक तनाव बढेको थियो ।

यस सम्बन्धमा रुसले शुक्रबार मस्कोस्थित श्रीलङ्काका विशेष दूतलाई रुसी विदेश मन्त्रालयमा बोलाएर कडा विरोध जनाएको थियो ।

बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने विमानस्थल र उड्डयन सेवाले यो विवाद ‘केवल व्यावसायिक प्रकृतिको’ भएको र यसमा राज्यको हस्तक्षेप हुन नहुने बताएको थियो ।

तर सोमबार सरकारी महान्यायधिवक्ताले उक्त मुद्दाको सुनुवाइ तालिकाभन्दा दुई दिनअघि विमानलाई उडान अनुमति दिने व्यवस्था मिलाउन गरेको निर्देशनपछि अदालतले यो आदेश जारी गरेको हो ।

मस्कोले युक्रेनमा आक्रमण गरेकोमा कठिन पश्चिमी प्रतिबन्धपछि मार्चमा एरोफ्लोटले आफ्ना सबै अन्तर्राष्ट्रिय उडानहरू निलम्बन गरेको तर अर्को महिनादेखि कोलम्बोका लागि पुनः उडान परिचालन गर्न अनुमति दिइएको थियो ।

रुसको नागरिक उड्डयन निकायले रुस–युक्रेन युद्धका कारण विदेशी मुलुकमा दर्ता भएका भाडाका विमान सञ्चालन गर्ने एयरलाइन्सलाई आउन सक्ने समस्यालाई मध्यनजर गर्दै आफ्नो कब्जाबाट बच्न अन्तर्राष्ट्रिय उडान बन्द गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस