१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय फोटो पत्रकार चौधरी सात महिनादेखि झापा कारागारमा

अ+ अ-

झापा । भारतको पश्चिम बङ्गालस्थित कोलकाता निवासी २४ वर्षीय फोटो पत्रकार दुर्लभरोय चौधरी नक्कली नोट बोकेको अभियोगमा विगत सात महिनादेखि झापा कारागारमा थुनामा छन् ।

उनी गत मङ्सिर २ गते कोलकाताबाट भारतको सिलिगुडी हुँदै काँकडभिट्टा नाकाबाट नेपाल आउने क्रममा चन्द्रगढी विमानस्थलमा पक्राउ परेका थिए ।

चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरमार्फत काठमाडौँ जाने क्रममा प्रहरीले शरीर खानतलासी गर्दा चौधरीको साथमा १०० डलरको अमेरिकी नोट फोटोकपी गरिएको २२६ थान बरामद भएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए ।

गत मङ्सिर २४ गते झापा जिल्ला अदालतमा पेस गरिएपछि उनलाई खोटा मुद्रासम्बन्धी अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश जारी गरिसकेको प्रवक्ता पाठकको भनाइ छ । अदालतको आदेशपछि उनी झापा कारागारमा छन् ।

घरमा आमा मात्र रहेका चौधरी ‘मनी इज नथिङ’ नामक सर्ट मुभी सुटिङ गरी युट्युब च्यानलमा राख्ने प्रयोजनका लागि नेपालको पहाडी पर्यटकीय स्थानको यात्राका लागि नेपाल आएको उहाँले झापा जिल्ला अदालतमा दिएको बयानमा उल्लेख छ ।

हाल झापा जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको चौधरीको मुद्दामा चासो बढेको पाइएको छ । सात महिनादेखि झापामा प्रहरी हिरासत र कारागारमा रहेको उनको अवस्थाको बारेमा भर्खरै मात्र सार्वजनिक भएको हो ।

भारतीय फोटो पत्रकार चौधरी निर्दोष रहेको भन्दै उनको रिहाइका लागि पहल गर्न थालिएको छ । उनी नक्कली नोटको कारोबारी नभएको दाबी गर्दै राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले रिहाइका लागि अनुरोध गरेका छन्। उनले छिट्टै मुद्दाको छिनोफानो हुनुपर्ने माग गरेका छन् ।

नेसनल जिओग्राफी, वर्ल्ड स्ट्रिट फोटोबुक, टाइम्स अफ इन्डियालगायतका सञ्चारमाध्यममा चौधरीले स्वतन्त्र ९फ्रिलान्सर० फोटो पत्रकारको रुपमा काम गरेको उनको आफ्नै ‘स्निपर मंक ट्राभल्स’ नामक युट्युब च्यानल सञ्चालनमा रहेको अध्यक्ष वन्तले जानकारी दिए ।

चौधरीले नक्कली मुद्रा अपचलनका लागि नभएर भिडियो सुटिङका लागि मात्र अमेरिकी डलरको फोटोकपी गरेको पाइएको हुँदा उनको रिहाइ हुनुपर्ने माग गरिएको अध्यक्ष वन्तले बताए।

प्रतिक्रिया दिनुहोस