१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङमा चिकित्सक अभाव

अ+ अ-

मनाङ । हिमाली जिल्ला मनाङको एक मात्रै अस्पताल अहेवकै भरमा सञ्चालन हुँदै आइरहेको छ । सामान्य उपचारका लागि जिल्लाबाहिर जानुपर्ने समस्या विगतदेखि नै भए पनि हाल अस्पतालको जिम्मेवारी अहेवलाई सुम्पँदा स्थानीयवासी झन् चिन्तित बनेका छन् ।

अहेवको भरमा जिल्ला अस्पताल छोड्दा सेवाग्राहीले सेवा लिन नपाएको र समयमा नै उपचार नपाउँदा कतिपयको ज्यानसमेत जाने गरेको गुनासो स्थानीयवासीले गरेका छन् । उपचारका लागि अस्पताल पुगेका स्थानीयवासी लक्ष्मण गुरुङले उपचार हुनेभन्दा झन् बढी पीडा थपिने गरेको गरेको गुनासो गरे ।

‘अस्पतालमा चिकित्सकको दरबन्दी भए पनि उपलब्ध हुँदैनन् । यहाँ सामान्य उपचार पनि नपाउँदा लामो दूरी पार गरेर छिमेकी जिल्ला पुग्नुपर्ने बाध्यता छ । अब त झन् बर्खा लाग्यो । मौसमको समेत भर हुँदैन उपचार गर्न कसरी पुग्न सकिन्छ खै ?,’ उनले भने।

केही समयअघि मात्र जिल्लामा नेपाल प्रहरीका हबल्दार अकस्मात् लड्दा उपचारको अभावमा उनको मृत्यु भएको थियो भने अर्का सशस्त्र प्रहरीका जवानको पनि भिरबाट लडेर तत्काल उपचार नपाउँदा मृत्यु भएको थियो ।

बिरामीलाई अस्पताल लग्यो चिकित्सक छैन । जिल्ला अस्पतालमा आवश्यक चिकित्सक नहुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सर्वसाधारणको दुःखद घटना बढेको छ ।

मनाङवासीले भौगोलिक विकटता, मौसमको प्रतिकूलताका साथै जिल्लाको एक मात्र अस्पतालमा आवश्यक जनशक्ति र उपकरण अभावले अकालमै ज्यान गुमाइरहेका छन् । अस्पतालमा समयमै पुर्‍याइए पनि चिकित्सकको अभावले बिरामी बचाउन नसकिएको स्थानीयवासीले बताए ।

सदरमुकामसमेत रहेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेका अनुसार जनताका हरेक समस्याहरु आफूसम्म आइपुगे पनि प्रदेश तथा सङ्घीय सरकारबाट उचित पहल नहुँदा उनीहरुको जीवनमाथि नै खेलबाड भइरहेको महसुस भएको बताए ।

‘मनाङ जिल्ला अस्पताल प्रदेश सरकारले सञ्चालन गरिरहेको र अस्पतालमा तीन जना चिकित्सकको दरबन्दी छ भन्ने सुनिएको हो तर जनता र राष्ट्रसेवक कर्मचारीलाई समेत आवश्यक पर्दा एक जना पनि चिकित्सक उपलब्ध नहुनु विकटका जनताको स्वास्थ्यप्रति सरकार गैर जिम्मेवार रहेको प्रस्ट देखिएको छ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्ला अस्पतालमा कोभिड दरबन्दीमा चिकित्सकको पद रिक्त रहेको र हाल एक जना मात्र चिकित्सक जिल्लामा रहेको हुनाले नागरिकले खोजेको बेलामा चिकित्सक उपलब्ध नभएको बताए । ‘भएका एक चिकित्सक पनि बिदामा रहेकाले जिल्ला अस्पताल चिकित्सकविहीन हुनु स्वाभाविक मान्नुपर्छ,’ उनले भने ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराको वेबसाइटबाट अरू जिल्लाका विवरणहरु हेर्दा मनाङ जिल्लामा रहेका स्वास्थ्य संस्थाहरू र तिनमा कार्यरत स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको कुनै विवरण उपलब्ध भएको पाइँदैन ।

प्रतिक्रिया दिनुहोस