काठमाडौँ । एमसीसी सम्झौता संसदबाट अनुमोदन भएसँगै अमेरिकी उच्च अधिकारीहरूको नेपाल आगमन बाक्लिरहेका बेला अर्को महिना अमेरिकी उच्च पदस्थ सैनिक अधिकारी नेपाल आउने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधान सेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको तयारी भइरहेका बेला अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमान्डका जनरल चार्ल्स ए फ्लायन नेपाल आउन लागेको नेपाली सेनाले पुष्टि गरेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार असार अन्तिम साता अमेरिकी सैनिक अधिकारी नेपाल भ्रमण आउन लागेका हुन् । यसअघि अमेरिकी उपविदेश मन्त्री नेपाल भ्रमण गरेर फर्किएकी थिइन् ।