६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिवा खाजामा अनियमितता गर्ने विद्यालयमाथि छानबिन

अ+ अ-

वीरगन्ज । पर्साको विन्ध्यवासिनी गाउँपालिकाले दिवा खाजामा अनियमितता गर्ने विद्यालयमाथि छानबिन गरी कारबाही गर्न सुरुआत गरेको छ ।

केही सामुदायिक विद्यालयहरुले मापदण्डअनुसार विद्यार्थीहरुलाई खाजा नखुवाउने गरेको फेला परेपछि कारबाही प्रक्रिया अघि बढाउन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले जानकारी दिए ।

चालु आर्थिक वर्ष ०७८/७९ मा पालिकाभित्रका कूल १४ सामुदायिक विद्यालयमा विद्यार्थीहरुका लागि एक सय दिनको खाजा खर्चस्वरुप रु ५० लाख ती विद्यालयहरुमा विनियोजन गरिएको थियो ।

विन्ध्यवासिनीका अध्यक्ष प्रमोद तिवारीले तालिकाअनुसार विद्यार्थीलाई खाजा नखुवाउने विद्यालयलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

पालिकाले विद्यालय खुल्ने दिन विद्यार्थीहरुलाई आवश्यक पौष्टिक तत्त्व पुग्ने गरी प्रत्येक दिन फरक फरक तरिकाको खाजाको परिकारसहित खाजा तालिका निर्धारण गरेको छ ।

यद्यपि सो खाना तालिकाभन्दा गुणस्तरहीन खाना खुवाउने विद्यालयलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने प्रमुख प्रशासकीय अधिकृत साहले जानकारी दिए ।

विद्यार्थी कुटपिटको आरोप

वीरगन्ज महानगरपालिका–१५ पिपरास्थित गुरुकुल एकेडेमीमा कार्यरत शिक्षकबाट एक विद्यार्थी कुटपिट गरिएको आरोपमा विद्यार्थीका आफन्तद्वारा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।

शिक्षक राजबाबु कुमारले कक्षा ७ मा अध्ययनरत १५ वर्षीय रिजुराज सिंहमाथि कुटपिट गरेको उल्लेख गर्दै विद्यार्थीका बुबा मन्टुकुमार सिंहले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् ।

शिक्षक राजाबाबुले कक्षा कोठामा हल्ला गरेको निहुँमा पटक पटक विद्यार्थी रिजुराजमाथि टाउकोलगायत शरीरका विभिन्न भागमा कुटपिट गरेको विद्यार्थीका बुबा सिंहको आरोप छ ।

सिंहका अनुसार शिक्षक राजाबाबुले स्टिलको स्केलले टाउको र पिठ्यूँमा तथा गालामा रिजुराजलाई पटक पटक कुटपिट गर्दै आएका छन् ।

गुरुकुल एकेडमीमका प्रधानाध्यापक रामबाबुप्रसाद साहले विद्यार्थीलाई कुटपिट नभएको अभिभावकले अफवाह मात्र फैलाएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस