मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


२७ जेष्ठ २०७९, शुक्रबार


जलेश्वर । बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ मा गए राति मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–३ बस्ने २६ वर्षीय सूर्यकुमार मिस्त्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक सोही गाउँठाउँ बस्ने २५ वर्षीय निरज मिस्त्री गम्भीर घाइते भएका छन् ।

गए राति दुवै जना सवार भएर सिन्धुलीबाट सर्लाहीको लागि आउँदै गरेको ना५४प ८९५४ नम्बरको मोटरसाइकल बर्दिबास नपा–३ स्थित भोगटे पुलमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सूर्यको मृत्यु भएको छ भने निरज गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवैलाई प्रहरीले उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पतालमा ल्याएकोमा सूर्यको उपचारको क्रममा मृत्यु भएको थियो ।

गम्भीर घाइते निरजको उपचार अझै पनि सोही अस्पतालमा भइरहेको छ भने सूर्यको शव पनि सोही अस्पतालमा रहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस