७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र सम्बन्धमा सरकारको प्रस्थान नै गलत : प्रदिप ज्ञवाली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत भएको टिप्पणी गरेका छन् ।

वर्तमान सरकारले सुरुमै चीनसँग कृत्रिम सीमा विवादको विषय निकालेर गल्ती गरेको पनि नेता ज्ञवालीको आरोप थियो ।

आज (सोमबार) संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले वर्तमान गठबन्धन सरकार बन्दै गर्दा नेपाली जनताको हित र राष्ट्रको हितमा काम गर्ने भन्दा पनि अन्य देशको लागि कम्फर्टेबल बन्ने गरी अगाडि बढेको आरोप लगाए । ज्ञवालीले सरकारले पछिल्लो समय केही निर्णयहरु कम्फर्टेबल बन्ने किसिमले गरेको पनि बताए ।

सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा गरेका गतिविधिका कारण नेपालको परराष्ट्र सम्बन्धमा विचलन आएको पनि उनको भनाइ थियो ।

‘सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत भयो । सरकार परिवर्तन गर्दा केन्द्रबिन्दुमा राख्नुपर्ने भनेको नेपालको हित नेपाली जनताको हित हो । तर सरकारको सोच कस्तो बनाइयो भने हाम्रो सरकार अरु देशहरुको लागि कम्फर्टेबल हुन्छ । कम्फर्टेबल बन्ने सोचबाट सरकारका कतिपय निर्णयहरु त्यो दिशातिर उन्मुख भएको देख्छु । त्यस कारण नेपालको परराष्ट्र सम्बन्धमा एक खालको विचलन देखेको छु । सरकारले सुरुमा नै परराष्ट्र सम्बन्धमा गल्ती गर्‍यो । नेपालको भारतसँग सीमा समस्या छ । सीमा सम्बन्धी कुनै सन्धि नै भारतसँग भएको छैन । अघिल्लो सरकारले सिङ्गो सदन एक भएर कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको नक्सा पास गर्‍यो । यो सरकारले कूटनीतिक तहबाट पहल गरेर भोग चलनमा ल्याउनुपर्ने हो तर सरकार त्यो काम नगरेर विवाद नै नभएको चीनसँग सीमा समस्या देखाउने काम गर्‍यो । सरकारले अध्ययन पनि गर्‍यो तर सदनलाई जानकारी गराएको छैन,’ नेता ज्ञवालीले भने ।

उपमहासचिव ज्ञवालीले सरकारले एउटा छिमेकी राष्ट्रलाई खुसी पार्ने र अर्कोलाई चिढ्याउने काम गरेको पनि आरोप लगाए । एउटा देशलाई रिझाउने र अर्कोलाई चिढ्याउने काम गर्नु उचित नभएको उनको भनाइ थियो ।

यस्तै प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे औपचारिक रुपमा लिखित जानकारी दिनका लागि पनि ज्ञवालीले माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस