१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री बडूद्वारा भारतीय र बङ्गलादेशका समकक्षीसँग छुट्टाछुट्टै भेटवार्ता

अ+ अ-

काठमाडौँ । स्विजरल्याण्डको जेनेभामा जारी विश्व व्यापार सङ्गठनको १२ औँ मन्त्रिस्तरीय सम्मेलनमा सहभागी उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले समकक्षी भारतीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र बङ्गलादेशका वाणिज्य मन्त्री टिपु मुन्सीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

उनीहरूसँग आज भएको भेटमा बहुपक्षीय व्यापार, त्यसमा हाल सामना गर्नु परेका चुनौती, द्विपक्षीय तथा बहुपक्षीय व्यापार सहजीकरण, वैदेशिक लगानी, औद्योगिक पूर्वाधार निर्माणलगायत विविध पक्षमा छलफल भएको प्रतिनिधिमण्डलमा सहभागी उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. नारायण प्रसाद रेग्मीले जानकारी दिए ।

मन्त्री बडूले कोरोना महामारीबाट भएको क्षति, सम्भावित खाद्य सङ्कटको समाधान, कम विकसित मुलुकहरूको स्वास्थ्य प्रणालीको सुधार, प्रतिस्पर्धामा आधारित निर्यात प्रणालीमा विकसित मुलुकहरूबाट लिन सकिने लाभका विषयमा आवश्यक सहकार्य गरी अगाडि बढ्नुपर्ने बताएका थिए । नेपालमा लगानीमैत्री वातावरण बनाउन र लगानीको सुरक्षाका विषयमा सरकार प्रतिबद्ध रहेको बारे जानकारी गराउँदै मन्त्री बडूले वस्तु तथा सेवाको विस्तार र लगानीका नयाँ सम्भावनाका क्षेत्रमा लगानी गरी पारस्परिक लाभ उठाउन सकिने धारणा राखेका थिए ।

यसअघि सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री बडूले डब्लूटीओका सबै सदस्य राष्ट्रहरूसँग नियममा आधारित, निष्पक्ष, पारदर्शी सिद्धान्त र सम्भावित बहुपक्षीय व्यापार प्रणाली अवलम्बन गर्दै समृद्धि हासिल गर्न डब्लूटीओलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका थिए । उनले ई(कमर्सको प्रयोग र क्षमता वृद्धि, डिजिटल डिभाइडलाई कम गर्न पहल गर्ने र उत्पादन क्षमता अभिवृद्धि गर्ने कुरामा पनि जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस