१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यानडाका प्रधानमन्त्रीलाई दोस्रो पटक कोरोना सङ्क्रमण भएको पुष्टि

अ+ अ-

ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उनलाई यो दोस्रो पटक कोरोना भाइरसको सङ्क्रमण भएको जनाइएको छ ।

प्रधानमन्त्री जस्टिनले सोमबार आफूलाई कोरोना भाइरस सङ्क्रमण भएको र दोस्रो पटक आफूलाई भएको ट्विटरमार्फत जानकारी गराएका हुन् ।

उनले आफूलाई कोरोना भाइरसको सङ्क्रमण भए पनि त्यस्तो कुनै स्वास्थ्य समस्या भने नदेखिएको बताएका छन् ।

उनले ट्विटमा लेखेका छन्– मैले कोरोना भाइरसका विरुद्धको सबै मात्रा खोप लगाएको छु, त्यसैले मलाई कुनै असर देखिएको छैन । त्यसैले तपाइँहरु पनि सबैले यो खोप लगाउनुहोला ।

गत हप्ता मात्र उनले अमेरिकी सहर लस एन्जेलसको भ्रमण गरेका थिए । त्यस क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसहित अरु पनि केही अमेरिकी अधिकारीसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री जस्टिनको कार्यालयका अनुसार उनी आइतबार अमेरिकाबाट स्वदेश फर्किएका थिए र सोमबार पूर्व निर्धारित बैठकमा सहभागी भएका थिए ।

उनलाई कुनै पनि स्वास्थ्य समस्या नदेखिएको भए पनि उनी हाल एकान्तमा रहने र केही दिन जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै घरमै एकान्तमा रहेर कार्यालयको काम गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस