८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसपीपीमा सहभागी हुन भन्दै पठाएको पत्रको सत्यता बुझ्न सेनाको मुख्यालयमा आकस्मिक बैठक

अ+ अ-

काठमाडौँ । अमेरिकाको स्टेट पार्टरसीप प्रोग्राम(एसपीपी)मा सहभागी हुन भन्दै पठाएको पत्रको सत्यताबारे नेपाली सेनाको मुख्यालयमा अहिले आकस्मिक बैठक बसिरहेको छ ।

नेपाली सेनाले पठाएको भनिएको पत्रको आधिकारिकतामा धेरै प्रश्न उठेपछि सैनिक मुख्यालयमा बैठक बसेको हो ।

सेनाले पठाएको भनिएको पत्रको आधिकारिकताबारे बुझ्ने काम भइरहेको नेपाली सेनाका प्रवक्तासमेत रहेका सहायक रथी नारायण सिलवालले बताए । सो पत्रमा सेनाले प्रयोग गर्ने गरेको लोगो लगायत कुनै पनि ढाँचा मिल्दैन ।

यसअघि एसपीपीमा नेपाली सेना सहभागी हुनेबारे व्यापक चर्चा चलेपछि नेपाली सेनाले बुधबार त्यसको खण्डन गर्दै त्यस्तो कुनै गतिविधि नरहेको दाबी गरेको थियो ।

आज (बिहीबार) नेपाली सेनाले एसपीपीमा सहभागी हुन अनुरोध गरेको भन्दै एक पत्र सार्वजनिक भएको छ ।

सम्बन्धित समाचार : सेनाले एसपीपीमा अनुबन्धका लागि पठाएको पत्र सार्वजनिक (पत्रसहित)

सन् २०१५ को अक्टोबर २७ मा तत्कालीन अमेरिकी राजदूत अलाइना तेप्लिजलाई सम्बोधन गरिएको पत्रमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

लेटरप्याडमा सेनाको लोगो भने छैन । हालसालै मात्र अमेरिकी सेनाका प्यासिफिक कमान्डरले नेपाल भ्रमण गरेर फर्किएपछि एसपीपीको विषय चर्चामा आएको हो ।

प्रतिक्रिया दिनुहोस