९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रियसभा बैठक : परिपक्व कूटनीतिक र असंलग्न परराष्ट्र नीति दृढतापूर्वक कार्यान्वयन गर्न सुझाव

अ+ अ-

काठमाडौँ ।‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) का विषयबारेमा अहिलेसम्मका सरकारले कुनै जानकारी नदिएको भन्दै सांसदहरुले तत्काल सदनलाई यस सबन्धमा प्रस्ट पार्न आग्रह गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले राष्ट्रिय महत्त्वका विषयलाई सरकारमा हुँदा लुकाउने र सत्ताबाट बाहिरिएपछि आरोप लगाउने प्रवृत्ति कसैले पनि देखाउन नहुने बताए ।

उनीहरुले परिपक्व कूटनीतिक क्षमता प्रदर्शन गर्न, असंलग्न परराष्ट्र नीतिलाई दृढतापूर्वक कार्यान्वयन गर्न, अन्र्राष्ट्रियस्तरको सन्धि सम्झौता गर्नुअघि राष्ट्रिय सहमति कायम गर्न तथा परराष्ट्र नीति मुलुकको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताका लागि जहिले पनि एक भएर उभिन सरकारलाई सुझाव दिए।

सांसद बामदेव गौतमले अमेरिकाले प्रस्ताव गरेको एसपिपी सम्झौताका बारेमा सरकारले प्रस्ट पार्नुपर्ने बताए। ‘यति महत्त्वपूर्ण विषयमा राष्ट्रलाई गुमराहमा राख्न हुँदैनथ्यो, संसद्को गरिमालाई कायम राख्न प्रधानमन्त्री स्वयम् उपस्थित भएर संसद्लाई जानकारी दिनुपर्दथ्यो,’ उनले भने ।

एसपीपी सम्झौताको सुरुआत जसले गरेको भए पनि यसलाई अगाडि बढाउने काम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गरेको तथ्य प्रस्तुत गर्दै उनले सबैले सदनलाई सत्य तथ्य जानकारी गराउनुपर्ने बताए । ‘सत्य बताउँदा कोही पनि सानो हुँदैन, पार्टी र व्यक्तित्व सानो हुँदैन,’ उनले भने ।

सांसद प्रकाश पन्थले परराष्ट्र सम्बन्धका बारेमा सबै संवेदनशील बन्नुपर्ने बताए । ‘कूटनीतिक सम्बन्ध घर झगडा, छिमेकीसँगको झगडा जस्तो पनि होइन, एकले अर्कालाई आरोप लगाउन हुँदैन,’ उनले भने, ‘संवेदनशील भएर कूटनीतिक सम्बन्धलाई अगाडि बढाउनुपर्छ ।’

सांसद दिलकुमारी रावल थापा (पार्वती)ले अमेरिकाले प्रस्ताव गरेको भनिएको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) को मस्यौदाबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताइन् । ‘यसबारेमा सरकारले जनतालाई सत्यत्थ्य जानकारी दिनुपर्छ,’ उनले भनिन् ।

सांसद उर्मिला अर्यालले सरकारमा हुँदा र बाहिर हुँदा फरक देखाउने चरित्रले मुलुकको राष्ट्रियतालाई बलियो बनाउन नसक्ने बताइन् ।

अन्तर्राष्ट्रियस्तरको सन्धि सम्झौता गर्नुअघि राष्ट्रिय दलहरुसँग बृहत् छलफल गर्नुपर्नेमा जोड दिँदै उनले भनिन्, “सबैले राष्ट्रिय धारणा बनाउनुपर्छ, आफू सत्तामा हुँदा गल्ती दोहोर्‍याउने, सरकारबाट हटेपछि अर्कालाई आरोप लगाउन पाइन्छ ।”

सांसद मोहम्मद खलिदले स्वाधीनता, अखण्डता र सार्वभौमिकतालाई दृष्टिगत गरी मुलुकको परराष्ट्र नीति बन्नुपर्ने बताए । सांसद उदयबहादुर बोहराले सत्तामा हुँदा मुलुकको हित विपरीतका काम गर्ने र सत्ताबाट बाहिरिएपछि राष्ट्रवादी बन्ने प्रवृत्तिले मुलुक अप्ठ्यारो अवस्थामा पुगेको बताए।

‘सरकारमा होस् वा प्रतिपक्षमा होस् हाम्रो परराष्ट्र नीति मुलुकको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताका लागि जहिले पनि एक भएर जानुपर्छ,’ उनले भने । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७९’ पेस गरे ।

प्रतिक्रिया दिनुहोस