१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेवाग्राहीको चाप बढेपछि आलोपालो प्रणाली

अ+ अ-

बनेपा । राष्ट्रिय परिचयपत्र बनाउनका लागि विवरण भर्न आउने सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले आलोपालो प्रणालीअनुसार सेवा दिने भएको छ ।

दुई वटा दर्ता स्टेसनको व्यवस्था गरी विवरण दर्ता गराउने व्यवस्था मिलाइए पनि सेवाग्राहीको चाप बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै यही असार ७ गतेदेखि आलोपालो प्रणालीअनुसार सेवा दिने व्यवस्था मिलाउने भएको हो ।

काभ्रेपलान्चोकका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न आउने सेवाग्राहीहरुको चापका कारण विवरण दर्ता गर्न नसकिने भएकाले सेवाग्राही फिर्ता जानुपरेको अवस्थालाई ध्यानमा राखेर आलोपालो प्रणालीमा सेवा दिन लागिएको बताए ।

उनका अनुसार आजदेखि असार ६ गतेसम्मका लागि टोकन वितरण गरिसकेकाले ७ गतेदेखि स्थानीय पालिकाका नागरिकहरुलाई बारअनुसार सेवा दिने व्यवस्था मिलाइएको छ ।

स्थानीय तहगत आधारमा धुलिखेल र बनेपा नगरपालिका तथा रोशी र चौरीदेउराली गाउँपालिकाका सेवाग्राहीलाई आइतबार र बुधबार तोकिएको छ ।

त्यस्तै पनौती र नमोबुद्ध नगरपालिका तथा बेथानचोक र तेमाल गाउँपालिकाका सेवाग्राहीलाई सोमबार र मङ्गलबार तोकिएको छ भने पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा भुम्लु गाउँपालिकाका सेवाग्राहीलाई बिहीबार र शुक्रबार तोकिएको कार्यालयले जनाएको छ ।

जिल्लाको डाँडापारिस्थित महाभारत र खानीखोला गाउँपालिकाका सेवाग्राहीहरुका लागि भने हरेक दिन सेवा उपलब्ध हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस