८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुराना जहाज किन्न कडाइ गर्ने पर्यटनमन्त्री आलेको घोषणामा वायुसेवा कम्पनीको कडा विरोध

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले संसदमा घोषणा गरेको पुराना जहाज खरिद गर्ने समय घटाउने विषयप्रति वायुसेवा कम्पनीहरुले कडा विरोध जनाएका छन् ।

उनीहरुले मन्त्रीले स्वच्छाचारी, अव्यवहारी तथा तर्कहीन अभिव्यक्ति भएको भन्दै यसलाई कार्यान्वयन नगर्न/नगराउन प्रधानमन्त्री समक्ष आग्रह समेत गरेका छन् ।

आज (शुक्रबार) प्रधानमन्त्रीलाई पत्र लेख्दै वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष क्या. रामेश्वर थापाले संवाद नै नगरी मन्त्रीबाट एकतर्फी अभिव्यक्ति दिएको बताएका हुन् ।

यसअघि १ असारमा संसदमा बोल्दै मन्त्री आलेले प्रेसराइज जहाज १० वर्ष र ननप्रेसराइज जहाज १५ वर्ष पुरानो भएपछि किन्न नपाउने गरी सरकारले नियम बनाउन लागेको बताएका थिए । अहिले यस्तो नियम १५ र २० वर्ष रहेको छ ।

क्या. थापाले जहाजको हरेक पार्टपुर्जाको निश्चित साइकल तथा अवधि हुने भन्दै अन्तर्राष्ट्रिय मापदण्डको अक्षरस पालना गरिएको समेत जनाएका छन् ।

उनले भनेका छन्, ‘विमानको उमेरसँग जहाज दुर्घटना कदापि दाँज्न मिल्दैन, हरेक दुर्घटनाको छानबिन प्रतिवेदन हेर्दा सबै छर्लङ्ग हुन्छ । हवाई इन्धन अत्यधिक महँगो हुनु, डलरको विनिमय दर बढिरहेको समयमा हवाई सेवाको लागत बढेको भन्दै यस्तो नियम लागू भएमा यात्रुमाथि भार पर्ने समेत वायुसेवा सञ्चालकहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस