९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस र कम्युनिस्टको विकल्प हो राप्रपा नेपाल, राजतन्त्र अब फर्कँदैन : थापा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल मूलधारका राजनीतिक दल काँग्रेस एमाले र माओवादीको विकल्प भएको बताएका छन् ।

उनले आफ्नो पार्टी संस्थागत हुन राजा र राजतन्त्रलाई पनि गाली गर्न आवश्यक नभएको बताए ।

आज (शुक्रबार) पार्टीको झन्डा सगरमाथामा फहराउने पर्वतारोही पासाङ शेर्पालाई ‘चन्द्र स्मृति विशिष्ट सम्मान पुरस्कार’ प्रदान कार्यक्रममा बोल्दै उनले राप्रपा नेपालले राजालाई गाली गर्न आवश्यक नभएको पनि जिकिर गरे ।

‘कसैलाई गाली गर्न आवश्यक छैन, हामीले कसैको विरुद्धमा बोल्नुपरेको छैन,’ उनले भने ,’राजालाई गाली गर्नु जरुरी छैन, उनी स्वयं विस्थापित अवस्थामा छन् । राजालाई गाली गरेर अब केही हुँदैन किनभने उनको औचित्य सकियो पुनर्स्थापनाको सम्भावना अब सकियो’

अध्यक्ष थापाले लोकतन्त्रको आवरणमा सीमित राजनीतिक दलका सीमित नेताहरूले राज्यसत्ता कब्जा गरेर सर्वसत्तावाद लाद्ने काम गरिरहेका आरोप लगाए । “काँग्रेस र कम्युनिस्ट असफल भएका छन् ।

‘नीति असफल भएको छ, नेताहरू भ्रष्ट भएका छन् । यसको विकल्पमा हामीले जनतासमक्ष राप्रपा नेपाललाई प्रस्तुत गरेका छौँ,’ उनले भने, ‘यो १५–१६ वर्षमा जनता निराश हुन पुगेका छन् । त्यसको स्वतन्त्र उम्मेदवारको विजयीले स्पष्टरूपमा बुझ्न सक्दछौँ ।’

उनले प्रजातान्त्रिक व्यवस्थामा एउटा पार्टी असफल हुँदा त्यसको विकल्पमा कुनै एउटा व्यक्ति आएर व्यवस्थामा सुधार गर्न नसक्ने पनि धारणा राखे ।

प्रतिक्रिया दिनुहोस