७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गैर आवासीय नेपालीद्वारा धितोपत्र बजारमा प्रवेश गराउन माग

अ+ अ-

काठमाडौँ । गैर आवासीय नेपालीले प्रवासीको लगानीलाई धितोपत्र विनिमय बजारमा प्रवेश गराउनु पर्ने माग गरेका छन् ।

गैर आवासीय नेपाली सङ्घले हिजो (बिहीबार) आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनारको निष्कर्ष निकाल्दै धितोपत्र ऐन तथा नियमावली संशोधन गरी धितोपत्र बजारमा प्रवेश गराउनु पर्ने बताएको हो ।

सङ्घले गैर आवासीय नेपाली ऐनलगायत गैर आवासीय नेपालीसँग प्रत्यक्ष सरोकार राख्ने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिटा) तथा त्यस सम्बन्धी नियमावली संशोधन गर्न माग गरेको छ ।

गैर आवासीय नेपालीको लगानी अभिवृद्धि गर्न गैर आवासीय ऐनले परिकल्पना गरेअनुसार नेपाली नागरिकसरह न्यूनतम लगानी सीमा लागू नगर्ने व्यवस्था कायम गर्नु पर्ने सङ्घले जनाएको छ ।

मताधिकारबाट वञ्चित विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउन आवश्यक ऐन, कानुन निर्माण गर्न सङ्घले माग गरेको छ ।

साथै नेपाली नागरिकता बाहक गैर आवासीय नेपालीले सम्बन्धित विदेशस्थित नेपाली कूटनीतिक नियोग मार्फत मतदाता नामावलीमा नाम दर्ता गर्ने एवम् राष्ट्रिय परिचय पत्र समेत बनाउन सक्ने व्यवस्था मिलाउनुपर्ने उनीहरुको आग्रह छ ।

सरकारले गैर आवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन सरल, सहज र अनुकूल वातावरण निर्माण गर्नुका साथै कानुनी बाधा अड्चनलाई संशोधन गर्नुपर्ने सङ्घको माग छ ।

ब्रिटिस गोर्खा सैनिकको समान हक, अधिकार तथा पेन्सन लगायतका मागहरुको उचित सम्बोधन गर्न सरकारले गरेको पहलको स्वागत गर्दै सङ्घले कूटनीतिक माध्यमबाट बाँकी रहेका समस्या समाधान गर्नुपर्ने जनाएको छ ।

गैर आवासीय नेपालीलाई नागरिकता प्राप्त गर्न कठिनाइ हुने भएकाले मुलुकमा बसोबास गर्ने नेपालीलाई हाल प्रदान हुँदै आएको गैर आवासीय नेपाली परिचयपत्रलाई थप अधिकारसहित निरन्तरता दिनुपर्ने सङ्घको माग छ ।

वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यको लागि आवश्यक संयन्त्र बनाई श्रम सम्झौतामा उल्लेखित सामाजिक सुरक्षा कोषको अनिवार्य कार्यान्वयन गर्नुपर्ने सङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस