१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो गरेका छन् ।

बैठकमा सांसद गोपालबहादुर बमले चार वर्षदेखि जिल्लाका समस्याबारे कुरा उठाए पनि कुनै समस्या सुनुवाइ नभएको बताए ।

‘ठुला नेताले शून्य समयमा बोलेका कुरा कार्यान्वयन भए/नभएको थाहा छैन । म चार वर्षदेखि आफ्नो दुर्गम र हिमाली जिल्लाको सिँचाइ, सडक, खानेपानी, कारागार, विद्युत्लगायतका बारेका समस्या शून्य समयमा भन्दै आएको छु तर कुनै पनि कार्यान्वयन भएको छैन’, उनले भने, ‘शून्य समय सांसदले भनिराख्ने र सभामुखले सुनिराख्ने हो कि सरकार, सम्बन्धित मन्त्री र निकायले सुनेर कार्यान्वयन गर्ने हो ?”

उनले शून्य समयमा सांसदले बोलिराख्ने र सभामुखले सुनिराख्ने हो भने संसद्को मर्यादा नहुने बताए । उनले सांसदले शून्य समयमा बोलेका कुराको रेकर्ड हेर्न लगाएर सम्बन्धित मन्त्री र निकायलाई सभामुखले कार्यान्वयनका लागि निर्देशन दिन माग गरे ।

सांसद जीपछिरिङ लामाले समानुपातिक प्रणाली २० प्रतिशत मात्र राख्न माग गरे । शून्य समयमा बोल्दै उनले समानुपातिक सांसदलाई बजेट पास गर्न कोरम पुर्‍याउने काम मात्र गरिएको भन्दै २० प्रतिशत समानुपातिक सांसद राख्न माग गरे। उनले सबै सांसद प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुनुपर्ने बताए।

सांसद लामाले नागरिकता विधेयक सबै राजनीतिक दलको सहमतिमा सबै नागरिकले नागरिकता पाउने गरी ल्याउनुपर्ने माग गरे।

सांसद आशाकुमारी विकले कञ्चनपुरको १३ वर्षीया बालिका बलात्कृत भएको घटनाको सत्य तथ्य छानबिन गर्न माग गरिन् ।

सांसद अमृता थापाले नेपालको भूराजनीतिक विषयमा संवेदनशील हुनुपर्ने सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद इन्दुकुमारी शर्माले भारतमा नेपाली विद्यार्थीलाई विभेद गरिएको भन्दै समानता हुनुपर्नेमा सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद उमाशङ्कर अरगरियाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।

सांसद तुल्सीकुमारी थापाले सडक बालबालिकाको उचित स्याहारसुसारको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद कृष्णबहादुर राईले जोरपाटी–सुन्दरीजल र जोरपाटी–नारायणटार–थलीसम्मको सडक पनि अलपत्र परेकाले चाँडो बनाउन आग्रह गरे ।

सांसद केदार सिग्देलले असार १ गते तनहुँ भानुमार्गमा पूर्णरुपमा क्षति भएकाले कल्भर्ट निर्माण गरी सञ्चालन र बन्दीपुरमा बाघको आक्रमण बढिरहेकाले समयमा नै नियन्त्रण गर्न माग गरे ।

सांसद खगराज अधिकारीले स्टेट पार्टनशीप प्रोग्राम (एसपीपी)को पत्रबारे छानबिन गर्न माग गरे ।

सांसद खेमप्रसाद लोहनीले यही असार १ गते धादिङको नेत्रावती र गङ्गाजमुना गाउँपालिकामा बाढी पहिरोले ४४ घरपरिवारलाई विस्थापित भएकाले राहत उपलब्ध गराई सुरक्षित स्थानका बसोबासको व्यवस्था गरे ।

सांसद गजेन्द्रवहादुर महतले जुम्लाका गत वर्ष दुई वटा गाउँ आगलागी र दुई वटा वडा बाढीले बगाएको भन्दै अहिलेका उक्त ठाउँका किसानको न घरबार न जग्गा नै रहेकाले किसान पेन्सन कार्यक्रम ती किसानमा कहिले पुग्ने भन्ने प्रश्न गरे ।

सांसदहरु गणेशकुमार पहाडी र घनश्याम खतिवडाले बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमाप्रति आपत्ति जनाए ।

सांसद गङ्गा चौधरीले दाङ देउखुरीको राप्ति नदीमा दैनिक मापदण्ड विपरीत ढुङ्गा गिटी ओसारपसार भइरहेकाले तुरुन्तै रोक्न आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस