९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राइनास नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने

अ+ अ-

काठमाडौँ । लमजुङको राइनास नगरपालिकाले चालू शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । स्थानीय विषयवस्तुलाई समेटेर नगरपालिकाका सबै विद्यालयमा कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो ।

राइनासमा कक्षा एकदेखि पाँचसम्मको स्थानीय पाठ्यक्रम निर्माण भइसकेको र उक्त पुस्तकमा कक्षागत आधारमा विभिन्न विषयलाई समावेश गरिएको छ । चालू वर्षमा कक्षा ६ देखि आठसम्मको पाठ्यक्रम निर्माण गरी आगामी शैक्षिक सत्रबाट सुरु गरिने नगरपालिकाले जनाएको छ ।

विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भएको स्थानीय पाठ्यक्रमले राइनास नगरपालिकाका साथै समग्र लमजुङको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख पूर्णबहादुर अछामीले बताए । अछामीका अनुसार पाठ्यक्रममा पालिकाभित्रको ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, वनजंगल, जडीबुटी, कृषि, जातिगत विविधता आदिलाई समेटिएको छ ।

हाल कक्षा एकदेखि पाँचसम्मको पाठ्यक्रम निर्माणको काम सम्पन्न भइसकेको जानकारी दिँदै शिक्षा शाखा प्रमुख अछामीले यही शैक्षिक सत्रबाट पालिकाभित्रका पाँचवटा संस्थागत र ३६ वटा सामुदायिकसहित ४१ वटा विद्यालयमा अध्यापन सुरु गरिने बताए । स्थानीय पाठ्यक्रम निर्माणका लागि शिक्षा शाखा प्रमुखको संयोजकत्वमा, शैक्षिक क्षेत्रमा योगदान पुर्‍याएका विशेष व्यक्ति एवं स्थानीय शिक्षकसहितको सात सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण समिति गठन भएको थियो । पाठ्यक्रम तयार पार्न प्रधानाध्यापक, अभिभावक, राजनीति सङ्गठनका प्रतिनिधि, शिक्षक प्रतिनिधि, जनप्रतिनिधिलगायतको सहभागितामा सुझाव सङ्कलन गरिएको र सोही आधारमा विषयलाई पनि प्राथमिकता दिएको छ ।

पाठ्यक्रममा स्थानीय स्रोत साधनको परिचालन, जीविकोपार्जनको सम्भावना तथा धर्म संस्कृतिको प्रवर्द्धन, सामाजिक, राजनीतिक क्षेत्रमा योगदान दिएका व्यक्तिको बारेमा विषयवस्तु समावेश गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकालाई समृद्ध पालिका बनाउन पाठ्यक्रम निर्माणले पनि सहयोग पुग्ने अपेक्षा गरेको राइनासका नगर प्रमुख खड्गबहादुर गुरुङले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस