८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधान सेनापति शर्मा लेवनान प्रस्थान, यस्तो छ भ्रमण कार्यतालीका !

अ+ अ-

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि लेवनानतर्फ प्रस्थान गरेका छन्।

शनिबार बिहान प्रधान सेनापति शर्माको नेतृत्वमा रक्षा सचिवसहित सात सदस्यीय टोली लेवनान गएका हुन्।

द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला बढाउन र युएन मिसनहरूको विविध पक्ष एवं भावी योजनाको बारेमा जानकारी लिन सो टोली लेवनान प्रस्थान गरेको नेपाली सेनाले जानकारी दिएको छ।

प्रधान सेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका थिए।

टोलीले शनिबार देखि असार १० गते शुक्रबार सम्म संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली सैनिकहरू तैनाथ लेवनान र त्यसपछि सिरियाका मिसनको निरीक्षण भ्रमण गर्नेछन्।

मिसनहरूको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरूका बारेमा जानकारी लिने नेपाली सेनाले जनाएको छ।

भ्रमणका क्रममा प्रधान सेनापति शर्माले लेवनान, सिरिया, युएनआइएफआइएल र युएनडिओएफ मिसनका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्नेछन्।

यो भ्रमणपछि प्रधान सेनापति शर्मा अमेरिकाको औपचारिक भ्रमणको लागि जाने तालिका छ। उनी त्यहीबाट असार १३ गते देखि १७ गते सम्मको औपचारिक भ्रमणका लागि अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ।

उनीसहित पाँच सदस्यीय भ्रमणदल अमेरिका जानेछन्। उनको भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्।

प्रधानसेनापति शर्मा असार १९ गते नेपाल फर्किनेछन्।

प्रतिक्रिया दिनुहोस