९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसले विश्वलाई अनिकालको भुमरीतर्फ धकेलेको ईयू अधिकारीको दाबी

अ+ अ-

ब्रसेल्स । यूक्रेनी निर्यातमा लगाएको अन्न ढुवानी र प्रतिबन्धको नाकाबन्दीमार्फत रुसले विश्वलाई अनिकालको जोखिममा पारिरहेको (युरोपेली सङ्घ) ईयूको विदेश नीति प्रमुख जोसेप बोरेलले शनिबार बताएका छन् ।

खाद्य सुरक्षाको खतरा र यूक्रेनविरूद्ध रुसले सुरु गरेको युद्धका कारण मस्कोमाथि पश्चिमी प्रतिबन्धबारे सोमबार लक्जमबर्गमा युरोपेली सङ्घका विदेश मन्त्रीहरूबीच छलफल हुने तयारी भइरहँदा ईयूका अधिकारीको यो भनाइ आएको हो ।

‘सेन्ट पिटर्सबर्ग इन्टरन्याश्नल इकोनमिक फोरम’ लाई शुक्रबार सम्बोधन गर्दै रुसी राष्ट्रपति पुटिनले रुसमाथिको प्रतिबन्धका कारण (युरोपेली सङ्घ) ईयूले ४०० अर्ब डलरभन्दा बढी घाटा बेहोर्न सक्ने दाबी गरेको दृष्टान्तलाई लिएर बोरेलको यो भनाइ आएको हो ।

‘विश्वव्यापी खाद्य सुरक्षामा कुनै पनि अवाञ्छित प्रभाव रोक्न हामी संयुक्त राष्ट्र सङ्घ र हाम्रा साझेदारहरूसँग काम गर्न तयार छौँ,’ बोरेलले आफ्नो आधिकारिक ब्लगमा प्रकाशित लेखमा उल्लेख गरेका हुन् ।

‘रुसको सचेत राजनैतिक छनौट भनेको अन्न निर्यातलाई रोक्नु हो र युक्रेनमा आफ्नो आक्रमणको विरोध गर्ने जोसुकैविरुद्ध विश्वव्यापी खाद्य असुरक्षा (सङ्कट)को नारालाई प्रचार गर्नु हो,’ बोरेलले भने।

उनले भने, ‘रुसले ‘ब्ल्याक सी’लाई युद्धग्रस्त क्षेत्रमा परिणत गरेको युक्रेनबाट अन्न तथा मल ढुवानीमा अवरोध खडा गरेको छ तर यसले रुसी व्यापारीहरूको ढुवानीमा पनि असर गरेको छ । रुसले आफूलाई खाद्य सङ्कटबाट बचाउन आफ्नो अन्न निर्यातमा कोटा तथा अतिरिक्त कर पनि लागू गरिरहेको छ ।’

युरोपेली सङ्घले लगाएको प्रतिबन्धले ‘स्वीकृत व्यक्ति वा संस्थाहरू संलग्न नभएमा कुनै पनि कृषि वस्तु निर्यात गर्न, त्यस्ता रुसी निर्यातका लागि भुक्तानी वा बीउको व्यवस्था गर्न रुसलाई निषेध नगर्ने उनको दाबी थियो ।

उनले युद्धको विश्वव्यापी प्रभावबारे जोड दिँदै भने, ‘प्रतिबन्धको यस मुद्दाको वरिपरि ‘युद्धको गति’ छ भन्दै यसलाई सही समाधान दिएर रुसी आक्रमणको सामना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको छ ।’

यूक्रेनी निर्यातलाई जहाजमार्फत पुनः सञ्चालन गर्नु जरुरी भएको छ । हामी यस मामिलामा संयुक्त राष्ट्रसंघसँग छलफल गरिरहेका छौँ र यो प्राप्त गर्न आवश्यक कार्यहरूको आफ्नो हिस्सा व्यहोर्न युरोपेली सङ्घ र यसका सदस्य राष्ट्रहरू तयार छन् ।

उनले बताए, ‘हामी आशा गर्छौँ कि आगामी दिनहरूमा यसको समाधान पाउन सकिन्छ । यसो नगर्दा विश्वव्यापी खाद्यान्न अभाव थप सङ्कटपूर्ण हुन सक्ने खतरा रहेको छ ।’

प्रतिक्रिया दिनुहोस