काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् छिट्टै पुनर्गठन हुने बताएका छन् ।
मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले पटक-पटक आग्रह गर्दै आएको पनि उनले बताए ।
अध्यक्ष नेपालले पार्टीले पुराना मन्त्री फिर्ता बोलाई नयाँ मन्त्री पठाउने निर्णय गरेकोले उक्त निर्णय छिट्टै कार्यान्वयनमा आउने बताएका छन् ।
‘छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ,’ उनले भने, ‘हामीले प्रधानमन्त्रीलाई भनेका भन्यै छौँ ।’
उनले मन्त्रिपरिषद् पुनर्गठनको मिति भने तय नभएको बताए ।
एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने भने पनि उक्त निर्णय कार्यान्वयन भएको छैन ।