१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांस्कृतिक संस्थानको स्वर्ण महोत्सवमा राष्ट्रपति भण्डारी

अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजलाई असल मार्गमा निरन्तर डोर्‍याउन तथा समाजको मौलिकताबाट अभिप्रेरित हुन कला र समाजबिच उच्च तहको अन्तरक्रिया आवश्यक भएको बताएकी छन् ।

सांस्कृतिक संस्थान ९राष्ट्रिय नाचघर०को ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘स्वर्ण महोत्सव उद्घाटन विशेष कार्यक्रम’ मा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सोका लागि सांस्कृतिक संस्थान एवं विभिन्न राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले पारस्परिक सहयोग र समन्वयका आधारमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।

‘कला र संस्कृति कुनै पनि राष्ट्रको विशिष्ट पहिचान हो । समकालीन विश्वमा कुनै मुलुकको सभ्यता कति समृद्ध छ भन्ने कुरा आफ्नो मौलिक संस्कृतिको विकास र प्रवर्द्धनका लागि त्यहाँको समाज र राष्ट्रले कसरी योगदान गरिरहेको छ भन्ने दृष्टिबाट समेत मापन गरिँदै आएको छ । यस सन्दर्भमा नाटक, गीत–सङ्गीत, नृत्य, वाद्यवादनलगायत प्रस्तुतिजन्य कलाका विभिन्न विधाले नेपाली मौलिक संस्कृति र सभ्यताको निर्माणमा गरिरहेको योगदान अमूल्य छ । यसैले, नेपाली रङ्गमञ्च, सङ्गीत र नृत्यकलालाई समुन्नत बनाउन योगदान गर्ने स्रष्टा र नेतृत्वकर्तामा हार्दिक कृतज्ञता व्यक्त गर्दछु । नेपाल राष्ट्रले तपाईँहरूको सिर्जनामा गर्व गर्दछ, गरिरहनेछ’, उनले भनिन् ।

‘प्राचीन समयदेखि नै हाम्रा पूर्वजहरूले मौलिक कला र संस्कृतिको महत्त्व बुझेर तिनको जगेर्ना गर्न हामीलाई प्रेरित गर्दै आएका छन् । साहित्य, कला र सङ्गीतले असल मानवीय भावनाको प्रवर्द्धन गर्दछ । कला र सिर्जनाका यी हरेक विधा जीवनको बहु आयाम र बहुरङ्गलाई समेट्ने माध्यम भएकाले प्राचीन कालदेखि नै मानव सभ्यता त्यसतर्फ सधैँ आकर्षित र उत्प्रेरित छ’, राष्ट्रपति भण्डारीको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले छिमेकी तथा मित्र राष्ट्रहरूका साथै विश्वका विभिन्न मुलुकका सांस्कृतिक संस्था वा निकायसँग भाइचारा सम्बन्धको विकास गर्दै सांस्कृतिक आदानप्रदानको माध्यमबाट नेपाली कला र संस्कृतिलाई बाह्य मुलुकमा प्रवर्द्धन गर्न सक्ने उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस