११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती कर्मचारीमा नवीन सोच प्रस्फुटनका लागि प्रतिभा डबली सञ्चालन हुँदै

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको नवीन सोच र प्रतिभा प्रस्फुटनका लागि प्रतिभा डबली, २०७९ सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयले आइडिया स्टुडियोसँगको सहकार्यमा निजामती कर्मचारीको अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि नवीन सोच, समस्याको पहिचान, समाधानका नवीन उपाय र त्यसका फाइदाबारे उल्लेख गरेर आवेदन फर्म भर्न आह्वान गरेको छ । यही असार १३ गतेभित्र आवेदन बुझाउनुपर्नेछ ।

प्राप्त आवेदनमध्ये उत्कृष्ट १० विचार, प्रतिभा वा सोचलाई छनोट गरिने र उत्कृष्ट तीनलाई आर्थिक पुरस्कार र सम्मान पत्र पनि दिइने जनाइएको छ ।

शीर्ष तीन आइडियालाई कार्यक्रम र बजेटमा समावेश पनि गरिने छ । प्रतिभा डबलीसम्बन्धी आज आयोजित अन्तर्क्रिया कार्यक्रममा सो मन्त्रालयका सचिव सुरेश अधिकारीले उत्पादन, सेवा प्रवाह, विकास, वातावरण, विपद् व्यवस्थापन, दैनिक कार्यलगायतका क्षेत्रमा नवीन सोच प्रस्ताव गर्न सकिने बताए ।

उनले नवीन सोच वा नीतिगत निर्णय लिनुअघि त्यसका समग्र पक्षको विश्लेषण गर्नु आवश्यक भएकाले निजामती कर्मचारी केवल जागिरका लागि नभई सरकारको अङ्ग पनि भएकाले त्यो गम्भीरतालाई मनन गरेर काम गर्नुपर्नेमा जोड दिए ।

निजामती कर्मचारीमा रहेको प्रतिभा प्रस्फुटन गर्न चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार सरकारी प्रणालीको क्षमता विकास गर्दै नीति तर्जुमा सहयोग, नीति कार्यान्वयन, सेवा प्रवाह तथा विकास निर्माणलगायत सार्वजनिक सरोकारका विषयमा वा सोका अतिरिक्त व्यक्तिगत जीवनमा आफूमा अन्तरनिहित प्रतिभाको उजागर गर्ने अवसर प्रदान गर्न कार्यक्रम सञ्चालनको कार्यविधि जारी गरिएको छ ।

कार्यविधिनुसार डबलीमा भाग लिन सो मन्त्रालयले सबै मन्त्रालय र निकायलाई गत जेठ ३० गते पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस