९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-भुटान चौथो व्यापार वार्ता सम्पन्न, प्रस्तावित व्यापार सम्झौताबारे छलफल

अ+ अ-

काठमाडौँ । नेपाल र भुटानबिच चौथो व्यापार वार्ता सम्पन्न भएको छ।

दुई देशका प्रतिनिधिबिच सोमबार भर्चुअल माध्यमबाट भएको वार्तामा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह सचिव डा. नारायण प्रसाद रेग्मी र भुटानका तर्फबाट भुटानको आर्थिक मामिला मन्त्रालयका महामहिम महानिर्देशक सोनाम तेन्जिनले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

वार्ताका क्रममा नेपाल–भुटान बिचको व्यापार सम्झौता एवम् आपसी सहयोगका विविध विषयमा छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्तासमेत रहेका रेग्मीले प्रशासनलाई जानकारी दिए ।

छलफलमा प्रतिनिधि मण्डलका नेताहरूले दुई देशबिचको सम्बन्ध ऐतिहासिक र विशिष्ट रहेको बताउँदै व्यापार सम्झौतामार्फत द्विपक्षीय सम्बन्ध र सहकार्यको आयामलाई थप विस्तार गर्न सकिने विश्वास व्यक्त गरेका थिए।

वार्तामा नेपाल-भुटान बिचको तेस्रो व्यापार वार्ताको पुनरावलोकन हुनुको साथै प्रस्तावित व्यापार सम्झौता अन्तर्गत उत्पत्तिको प्रमाणपत्रको मस्यौदामाथि छलफल भएको डा. रेग्मीको भनाई छ ।

सो क्रममा दुवै देशले आदानप्रदान गरेको सहुलियतपूर्ण वस्तुहरूको सूचिको सम्बन्धमासमेत छलफल भएको छ ।

वार्तामा प्रस्तावित उत्पत्तिको नियमसँग सम्बन्धित मस्यौदामाथि नेपालको राय तथा सुझावको विषयमा आगामी बैठकमा थप छलफल गर्ने सहमति भएको छ। साथै, व्यापार सम्झौताको अनुसूचीमा रहने दुवै देशका सहुलियतपूर्ण बस्तुहरूको सूचीका विषयमा आन्तरिक छलफल गर्ने र उक्त सूचीलाई हार्मोनाइज्ड कोड २०२२ को संस्करणमा परिमार्जन गर्ने सहमति भएको छ।

वार्तामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाली राजदूतावास, नयाँ दिल्ली, भारत तथा भन्सार विभागका साथै व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका पदाधिकारीहरूको समेत सहभागिता रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस