८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा बलात्कारपछि लुटपाट गरी भागेका आरोपित पक्राउ

अ+ अ-

काठमाडौँ । काठमाडौँमा बलात्कारपछि लुटपाट गरी फरार भएका आरोपित पक्राउ परेका छन्।

काभ्रे तेमाल गाउँपालिका-९ घर भई बनेपामा डेरा गरी बस्दै आएका ३० वर्षीय भोटे भनिने विश्व तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो।

जेठ २९ गते राति एक २४ वर्षीया महिलालाई फकाएर विवाह गर्ने प्रलोभनमा पारी बलात्कारपछि लुटपाट गरेर तामाङ फरार भएका थिए।

प्रलोभनमा पारेर ती पीडितलाई काठमाडौँ महानगरपालिका-११ भोटेबहालस्थित एक गेस्ट हाउसमा लगेका थिए। त्यहाँ लगेर पीडितलाई पेय पदार्थमा लट्ठिने पदार्थ मिसाएर खुवाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त दिन पीडितले आफूसँग १ लाख नगद, दुई तोला सुन र एउटा मोबाइल पनि बोकेकी थिइन्। बलात्कापछि ती पुरुषले नगद, सुन र मोबाइलसमेत लुटेर फरार भएको प्रहरी उपरीक्षक मैनालीले बताए।

यस घटनाबारे जेठ ३१ गते प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेको थियो। जाहेरी परेपछि प्रहरीले पीडितको स्वास्थ्य परीक्षण र शारीरिक परीक्षण गराएको थियो।
अनुसन्धानका विविध पाटा केलाउँदै पीडकसम्म प्रहरी पुगेको मैनालीले बताए।

यसै क्रममा प्रहरी वृत्त कालीमाटीबाट खटिएको विशेष टोलीले भोटे भन्ने तामाङलाई आइतबार राति ११ बजे पक्राउ गरेको हो।

तामाङमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को देहाय २१९ को जबरजस्ती करणी गर्न नहुने र परिच्छेद-२० को देहाय २४१ को चोरी गर्न नहुने कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ। प्रहरी वृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस