९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् महसुलमा उपभोक्तालाई छुट

अ+ अ-

रामपुर । विद्युत् महसुलमा पाल्पाको तानसेन नगरपालिकाले छुट दिने भएको छ । आव २०७९/८० का लागि नीति तथा कार्यक्रम पारित गर्दै एघारौँ नगरसभामा नगरपालिकाले आगामी वर्षमा उपभोक्ताको २० युनिटसम्मको विद्युत् महसुल भुक्तानी गरिदिने भएको हो । यसका लागि आवश्यक कार्यविधि बनाएर लागू गरिने नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।

समुदायबाट सञ्चालित लिफ्ट खानेपानी आयोजनामा खपत हुने विद्युत् महसुलमा २५ प्रतिशत अनुदान दिने बताइएको छ । राजस्व सङ्कलनको अवस्थाका आधारमा वडालाई बजेट विनियोजनमा प्राथमिकता दिने, विपन्न नागरिकलाई न्यूनतम विद्युत् महसुलमा छुट दिने, लिफ्टिङ् खानेपानी योजनामा उपभोक्तालाई महसुलमा छुट दिने, तानसेनको फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउन अध्ययन तथा कार्य गर्ने नगरपालिकाले जनाएको छ ।

विगतमा अगाडि बढाइएको छोरी शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने, एक वडा एक किलोमिटर सडक विस्तारलाई निरन्तरता दिने, ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य पहुँच पुर्‍याउन स्वास्थ्य केन्द्र सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । विगतको अधुरा योजना र केही नयाँ योजनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको नगरप्रमुख श्रेष्ठले बताए ।

कृषि पशुपालनलाई प्राथमिकतामा राखेर दूध र मासुमा नगरलाई आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ । नगरभित्रका आर्थिक रुपले पछि परेका, विपन्न समुदाय बोटे, माझी समुदायको आर्थिक विकासका लागि छुट्टै कार्यक्रम ल्याउने घोषणा गरिएको छ । पाल्पाली ढाका र करुवाको विकास तथा प्रवर्द्धन गर्ने नगर उपप्रमुख प्रतिक्षा सिञ्जालीले बताइन् ।

कृषि पशुपालन गर्ने किसानलाई एकल वा सामूहिक रुपमा अनुदान साझेदारी कार्यक्रम सञ्चालन गर्ने, उर्वर भूमिको संरक्षणका लागि भूमिको वर्गीकरण गर्ने, कृषियोग्य जमिनमा संरचना बनाए त्यसको राजस्व दोब्बरले वृद्धि गर्ने, विभिन्न अपाङ्गता भएका व्यक्तिलाई मासिक भत्ता दिने लगायतका नीति तथा कार्यक्रम नगरपालिकाले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस